तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पार्टी एकता र सरकारबारे 'सोमवारबाट छलफल'
वाम गठबन्धनका दुई शीर्षस्थ नेता सरकार गठन र पार्टी एकीकरणबारे सोमबारदेखि औपचारिक छलफल थाल्ने निष्कर्षमा पुगेको उनीहरुका सहयोगीहरुले बताएका छन्।
वाम गठबन्धनभित्र सरकार गठन तथा पार्टी एकीकरणलाई लिएर फाटो देखिएको भन्ने आशंकाहरुबीच आइतवार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो।
राति सकिएको भेटबारे ओलीले आफूलाई दिएको जानकारी उद्धृत गर्दै उनका प्रेस सहयोगी चेतन अधिकारीले बीबीसीसँग भने, "भोलि दुवै पार्टीको आन्तरिक बैठक बस्छ। पर्सि पार्टी एकीकरण संयोजन समितिको बैठक राख्ने निष्कर्षमा नेताहरु पुगेका छन्"।
पहल
तर पार्टी र सरकारको नेतृत्वको बाँडफाँट कसरी गर्ने भन्ने विषयमा शीर्षस्थ नेताहरु निचोडमा पुगे, नपुगेको भन्नेबारे चाहिँ प्रष्ट भइसकेको छैन।
एमाले अध्यक्ष ओली स्वास्थ्यउपचारका लागि केही दिनपछि ब्याङ्कक जान लागेकाले त्यसअघि नै वाम गठबन्धनभित्रका छलफलहरु तीव्र पार्न खोजिएजस्तो देखिन्छ।