तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वाम गठबन्धनद्वारा अग्रता कायमै
प्रतिनिधि तथा र प्रदेश सभा निर्वाचनको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले अग्रतालाई जारी राखेको छ।
सत्तारुढ नेपाली कांग्रेस वाम गठबन्धनभन्दा निकै पछाडि देखिएको छ।
वाम गठबन्धनको प्रमुख घटक एमालेले सबैभन्दा धेरै स्थानमा अग्रता कायम राखेको छ भने अर्को घटक माओवादी केन्द्र दोस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।
राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल र राजपाले पनि केही स्थानमा अग्रता लिएका छन्।
विजयी
काठमाण्डूका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले बीबीसीलाई बताए अनुसार काठमाण्डू-१ मा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन्, उनले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन्।
काठमाण्डू-४ मा कांग्रेसकै गगन थापाले एमालेका राजन भट्टराईलाई पराजित गरेका छन्।
मत परिणामबारे हाम्रा संवाददाताहरुबाट विवरणहरु प्राप्त भइरहेका छन्।
मोरङ-६ मा एमालेका लालबाबु पण्डितले कांग्रेसका शेखर कोइरालालाई पराजित गरेका छन् भने मोरङ-३ मा एमालेकै भानुभक्त ढकालले कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका छन्।
ताप्लेजुङमा एमालेका योगेश भट्टराईले कांग्रेसका केशव दाहाललाई हराएका छन्।
बाग्लुङ-२ मा कांग्रेसका नरबहादुर पुनलाई पराजित गर्दै माओवादी केन्द्रका देवेन्द्रराज पौडेल विजयी भएका छन्।
ललितपुर-३ मा कांग्रेसका मदनलाल अमात्यलाई हराउँदै माओवादी केन्द्रकी पम्फा भुषाल विजयी भएकी छन्।