तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: तुवाँलोले क्रिकेट खेल प्रभावित
दिल्लीमा खेल चलिरहँदा श्रीलंकाका खेलाडीहरुले तुवाँलो बढेको गुनासो गरेपछि भारत र श्रीलंकाबीचको क्रिकेटको टेस्ट खेल प्रभावित भएको छ।
भारतको राजधानी शहरमा वायु प्रदूषणको मात्रा विगत केही साताअघिदेखि निकै बढेको छ।
बीबीसीका वारेन बुल भन्छन्, "एउटा अभूतपूर्व कदम चाल्दै श्रीलंकाका खेलाडीहरुले मास्कले मुख छोपे र दुई जना खेलाडीले त बल फ्याक्नै अस्वीकार गरे, जसका कारण त्यो टेस्ट म्याच तीन पटक स्थगित गरियो।"
टिप्पणीहरु
सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै केहीले दिल्लीमा वायु प्रदूषण बढेको बेला श्रीलंकाका खेलाडी सही कदम चालेको बताएका छन्।
केहीले भने भारतीय टोलीको दबाबबाट बेखुसी भएकाले "श्रीलंकाली टोलीले नाटक गरेको" टिप्पणी गरेका छन्।
त्यसअघि भारतीय टोलीले पहिलो इनिङ्स्मा ७ विकेटको क्षतिमा ५३६ रन जोडेको थियो।
कप्तान विराट कोहलीले आफ्नो खेल जीवनकै सर्वाधिक २४३ रन जोडेका थिए।
२९ वर्षिय कोहली छ पटक दोहोरो शतक प्रहार गर्ने पहिलो अन्तर्राष्ट्रिय कप्तान बनेका छन्।
ती सबै सफलता उनले गएको १७ महिनामा हासिल गरेका हुन्।