तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जिम्बाब्वे मन्त्रिपरिषदमा सैन्य अधिकारी
जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन्।
३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए।
नयाँ विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका छन्।
असन्तुष्टी
उनले दुई हप्ताअघि सेनाले शक्ति लिएको सरकारी टेलिभिजनमा नाटकीय रुपमा घोषणा गरेका थिए।
वायु सेनाका प्रमुख पेरेन्स सेरीलाई भूमि तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माटाबिलिलेण्डमा सन् १९८० को दशकमा झण्डै २० हजार गैरसैनिक मारिने गरी भएका नरसंहारको नेतृत्वकर्ता रहेका उनको विवादित छबि रहँदै आएको छ।
सरकारका एक जना आलोचक टेन्डाइ बिटीले जिम्बाब्वेको नयाँ युग शुरु नै नभइ समाप्त भएको प्रतिक्रिया दिएका छन्।
उनले भने, "हामीले परिवर्तन चाहेका थियौँ तर अहिले हेर्दा हामी कति गलत रहेछौँ भन्ने प्रष्ट भएको छ।"