'फर्कने रोहिंज्या शुरुमा शिविरमा'

बांग्लादेशले भनेको छ, म्यानमार फिर्ता जाने रोहिंज्या मुसलमान शरणार्थीहरुले प्रारम्भमा अस्थायी शिविरमा बस्नु पर्नेछ।

उनीहरुका अधिकांश गाउँ जलाइएकाले शिविरमा बस्नुपर्ने अवस्था रहेको बताइएको छ।

त्यसले संयुक्त राष्ट्रसंघलाई चिन्तित तुल्याउन सक्छ।

उसले रोहिंज्याको फिर्ती "कारावास र पृथक बस्ती"मा हुन लागेको भन्दै उनीहरु जोखिममा पर्न सक्ने चेतावनी दिइसकेको छ।

विवरण

बांग्लादेशी विदेश मन्त्री ए एच महमुद अलीले शिविरसम्बन्धी पछिल्लो विवरण खुलाएका हुन्।

रोहिंज्या शरणार्थीलाई फिर्ता गर्नेबारे बांग्लादेश र म्यानमारबीच हालै भएको सम्झौताबारे उनले प्रष्ट पार्ने क्रममा त्यस्तो विवरण दिएका हुन्।

बर्मेली सैनिकबाट जोगिनका लागि ६ लाख शरणार्थी म्यानमारबाट भागेर बांग्लादेश पुगेका थिए।