तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेइजिङको नर्सरीमा 'सुई दुर्व्यवहार'
शिशुहरुमाथि दुर्व्यवहार भएका खबरहरु सार्वजनिक भएपछि बेइजिङका अधिकारीहरुले उक्त नर्सरीमाथि अनुसन्धान गरिरहेका छन्।
नर्सरी प्रख्यात 'आरवाइबी' समूहसँग सम्बद्ध छ।
कम्पनीले "नराम्रो अशान्ति" उत्पन्न गराएकोप्रति "गहिरो क्षमा" मागेको छ।
बेइजिङका अधिकारीहरुले चिनियाँ राजधानीका सबै नर्सरीहरुमा सुरक्षा जाँच गर्दैछन्।
झोल औषधी
सांघाइस्थित एउटा बालबच्चा हेर्ने केन्द्रमा कैयौं शिशुहरुप्रति दुर्व्यवहार गरेको आरोप लागेको केही हप्तापछि अर्को खबर प्रकाशमा आएको छ।
आरवाइबी सम्बद्ध शिशु केन्द्रमा कम्तीमा आठजना शिशुलाई नाम नखुलाइएको पदार्थको सुई लगाइएको बताइएको छ।
स्थानीय सञ्चार माध्यमलाई आमाबाबुले उनीहरुका बच्चाका शरीरमा सुई लगाएको चिन्हहरु भेटेको बताएका थिए र उनीहरुले ती तस्वीरहरु अनलाइनमा राखेका थिए।
बालबालिकालाई दिउसो सुताउनु अघि चक्की अथवा झोल औषधी खुवाइने गरेको पनि बाबुआमाले बताएका थिए।
राज्य सञ्चालित टेलिभिजन सीसीटीभीसँग एकजना बाबुले उनका बच्चालाई दिउसोको खानापछि दुईवटा सेतो चक्की दिने गरिएको र चक्की खाएर सुत्न पठाइने गरिएको बताए।
यौन दुर्व्यवहार
स्थानीय सञ्चार माध्यमले केही बाबुआमाहरुले आफ्ना बच्चाहरुमाथि यौन दुर्व्यवहार भएको हुनसक्ने आरोप पनि लगाएका छन्।
आफ्ना बालबच्चालाई नाङ्गै पारेर यातना दिने गरिएको उनीहरुले बताए।
बिहीबार कैयौं बाबुआमा उक्त शिशु स्याहार केन्द्र बाहिर विरोधका लागि जम्मा भएका थिए।
केहीले बालबच्चा तह लगाउन सुई पनि लगाउने गरिएको बताए।
प्रहरीले नर्सरीको सीसीटीभी फुटेज आफ्नो नियन्त्रणमा लिएको छ। र तीनजना शिक्षकहरु निलम्बनमा परेका छन्।
बेइजिङको महानगरीय शिक्षा आयोगले बेइजिङका सबै नर्सरीमा "बृहत् सुरक्षा जाँच" गरिएको बताएका छन्।
घटनाबारे सामाजिक सञ्जालहरुमा व्यापक छलफल गरिएको छ र कैयौंले आक्रोश व्यक्त गरेका छन्।