तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोहिंज्याहरुको घरफिर्तीका लागि समझदारी
म्यानमारमा हालै भएको सैन्य कारबाहीबाट बच्न भागेर छिमेकी देश बांग्लादेश पुगेका हजारौँ रोहिंज्या मुसलमानहरुको घरफिर्तीका लागि बांग्लादेशले म्यानमारसँग एक समझदारी गरेको छ।
म्यानमारको राजधानी न्यपि ट मा हस्ताक्षर गरिएको उक्त समझदारीबारे विस्तृत विवरणहरु सार्वजनिक गरिएका छैनन्।
चिन्ता
बांग्लादेशले त्यसलाई "पहिलो कदम" भनी उल्लेख गरेको छ। म्यानमारले भने रोहिंज्याहरुलाई "जतिसक्दो छिटो " घरफिर्ती गराउनका लागि तयार भएको बताएको छ।
रोहिंज्याहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै सहायता निकायहरुले उनीहरुलाई जबरजस्ती घरफिर्ती गराउनेबारे चिन्ता प्रकट गर्दै आएका थिए।
राज्यविहीन भएका रोहिंज्याहरु मुख्यतः मुसलमान अल्पसंख्यक हुन् र बौद्धमार्गी बहुल म्यानमारमा उनीहरु उत्पीडनमा पर्दै आएका छन्।
बुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले रोहिंज्याविरुद्ध म्यानमारको सेनाको गरेको कारबाहीलाई जातीय सफाया सरह भएको बताएका थिए।
गत हप्ता म्यानमारको सेनाले रोहिंज्या संकटलाई लिएर उसमाथि लागेको आरोपमा आफू निर्दोष रहेको बताएको थियो।
रोहिंज्या मुसलानलाई मारेको‚ उनीहरुको बस्तीमा आगो लगाएको‚ अनि महिला र किशोरीलाई बलात्कार गरेको तथा सरसमान चोरेको आरोपलाई म्यानमारको सेनाले अस्वीकार गर्दै आएको छ।
तर सेनाको यस्तो दाबी बीबीसी संवाददाताहरुले देखेका स्थलगत प्रमाणहरुको विपरीत पाइएको छ।
संयुक्त राष्ट्रसंघले पनि रोहिंज्या संकटलाई जातीय सफाया बताएको छ।
घरफिर्ती
रोहिंज्या मुसलमानहरुको बांग्लादेशबाट घरफिर्ती प्रकृया कहिले शुरु हुने वा घरफिर्ती सम्बन्धी म्यानमारका शर्तहरु के-के छन् स्पष्ट हुन सकेको छैन।
फरक-फरक कारणहरुले रोहिंज्या संकटलाई लिएर दुवै देश दबाबमा छन्।
बांग्लादेशमा गत अगस्ट पूर्व आएका करिब चार लाख रोहिंज्याहरु पहिले देखि नै शरण लिइरहेका छन्। बांग्लादेशी सरकार आफ्नो जनतालाई रोहिंज्याहरु स्थायी बासिन्दा हुने छैनन् भनी प्रष्ट्याउन चाहन्छ।
म्यानमारका अधिकारीहरु, खासगरि नेतृ आङ् सान सू ची, संकट समाधान गर्न परेको अन्तर्राष्ट्रिय दबाब खेप्दै छन्।