तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खुला शौच गर्ने मानिसको संख्या भारतमा सबैभन्दा धेरै
विश्व शौचालय दिवस पारेर जारी एउटा प्रतिवेदनले दिसापिसाबको सुरक्षित व्यवस्थापनको पहुँच नहुने मानिसहरुको सबैभन्दा ठूलो संख्या भारतमा रहेको जनाएको छ।
वाटर एडको शौचालयहरुको अवस्था सम्बन्धी अध्ययन 'स्टेट अफ द वर्ल्डस् ट्वाइलेटस्'मा जनाइएअनुसार ७० करोडभन्दा बढी मानिसले अझै पनि खुलास्थानमा वा असुरक्षित शौचालयमा शौच गर्ने गरेका छन्।
तथापि पछिल्ला केही वर्षमा भनेको भारतमा प्रगति भएको बताइएको छ।
छिमेकी बांग्लादेशले भने खुलास्थानमा दिसापिसाब गर्ने प्रवृत्ति लगभग अन्त्य गरेको छ।
नेपालमा चाहिँ सन् २००० यता खुला दिसापिसाब गर्ने मानिसहरुको संख्या आधाले घटेको जनाइएको छ।