तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जिम्बाब्वे संकटमा मध्यस्थता प्रयास
जिम्बाब्वेमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि उत्पन्न संकट बारे सत्ताबाट हटाइएका राष्ट्रपति रोबर्ट मुगाबे र सेनाका अगुवाहरुसँग वार्ता गर्न दक्षिण अफ्रिकी मन्त्रीहरु जिम्बाब्वेको राजधानी हरारेमा जम्मा भएका छन्।
बुधबार आफ्नै निवासमा नजरबन्दमा राखिनु पूर्व सैँतीस वर्षसम्म जिम्बाब्वेको नेतृत्व सम्हालेका मुगाबेको भावी भूमिकालाई लिएर उनीहरु सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन्।
क्षेत्रीय संगठन दक्षिण अफ्रिकी विकास समुदायको आपतकालीन बैठक बस्दै छ।
समाधान
जिम्बाब्वेका राष्ट्रपति मुगाबेले पदबाट राजीनामा दिनका लागि आएका दबाबको बेवास्ता गरिरहेको सूत्रहरुले जनाएका छन्।
विवरणहरुका अनुसार मुगाबेले आफू अझै वैधानिक राष्ट्रपति भएको जोड दिँदै आएका छन्।
दक्षिण अफ्रिकी विकास समुदाय र अफ्रिकी युनियनलगायतका क्षेत्रीय संगठनले सैन्य नियन्त्रणलाई अनुमोदन गर्नुभन्दा पनि संकटलाई लिएर संवैधानिक रुपमा सही हुने समाधान दिन चाहेको संवाददाताहरु बताउँछन्।
विभाजन
अफ्रिकी युनियनले जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति मुगाबेलाई नजरबन्दमा राखेको घटना 'कु जस्तो देखिएको' बताएको थियो ।
९३ वर्षिय राष्ट्रपति रोबर्ट मुगाबे सन् १९८० मा अल्पसंख्यक श्वेत शासनलाई पन्छाएपछि यता जिम्बाब्वेको नेतृत्वमा छन्।
तर हालैमा महिनामा केही अघि बर्खासीमा परेका उपराष्ट्रपति एमर-सन मनाङ-ग्याग्वा र मुगाबेकी श्रीमती ग्रेस मुगाबेबीच राष्ट्रपतिको उत्तराधिकारी को हुने भन्ने विषयमा चर्किएको शक्ति संघर्षले सत्तारुढ जानू- पिएफ दलमा विभाजन निम्ताएको छ।