तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जहाजको ढोका घरको छतमा खस्दा…
भारतको दक्षिणी शहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो।
छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए।
एकजना प्रहरी अधिकारीले एउटा जहाज प्रशिक्षणका क्रममा कम उचाइमा उडिरहेको बेला उक्त घटना भएको बीबीसी तेलेगु सेवालाई बताए।
बारम्बार
उनका अनुसार ४ सिट क्षमताको उक्त जहाजका पाइलट र उनका प्रशिक्षार्थी सुरक्षित छन् र घटनाका सम्बन्धमा छानबिनको आदेश दिइएको छ।
प्रहरी इन्सपेक्टर करनकुमार सिंहले त्यस इलाकामा कम उचाइमा प्रशिक्षण उडान भइरहने गरेको बताए।
त्यही क्षेत्रमा गत सेप्टेम्बर महिनामा त्यस्तै खालको एउटा विमान सामान्य क्षतिका साथ अवतरण गराइँदा एकजना पाइलट र उनका प्रशिक्षार्थी सामान्य घाइते भएका थिए।