तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
माओवादी पूर्व सभासद बालकृष्ण ढुंगेल पक्राउ
माओवादी पूर्व सभासद बालकृष्ण ढुंगेल माओवादी सशस्त्र द्वन्द्वकाल सम्बन्धी घटनाका कारण पक्राउ परेका छन्।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेलले सर्वोच्चबाट जन्मकैदको सजाय पाएका थिए।
तर उनी पक्राउ परेका थिएनन्।
उनलाई मंगलबार बिहान नेपाल प्रहरीको टोलीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले पुष्टि गरे।
उनलाई मंगलबार नै सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका निम्ति काठमाण्डू जिल्ला अदालतमा पेश गरिन लागेको पनि प्रवक्ता नेउपानेले जानकारी दिए।
रिट
सर्वोच्च अदालतले सजाय सुनाएपनि उनलाई पक्राउ नगरेको भन्दै गतहप्ता प्रहरी विरुद्ध अवहेलनाको रिट दायर गरिएको थियो।
ढुंगेल वि. सं २०६४ सालमा ओखलढुंगा २ बाट सभासद बनेका थिए।
सभासद भएकै अवस्थामा उनलाई उक्त सजाय सुनाइएको थियो।