तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'इरान सम्झौताको पक्षमा उभिन्छौं'
अमेरिकाका प्रमुख सहयोगी मुलुकसहितका विश्व शक्तिहरुले इरानसँगको पारमाणविक सम्झौताको पक्षमा उभिने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौताबाट बाहिरिने चेतावनी दिएपछि संयुक्त अधिराज्य, फ्रान्स र जर्मनी तथा युरोपेली संघले त्यस्तो धारणा राखेका हुन्।
संयुक्त अधिराज्य, फ्रान्स र जर्मनीले इरानसँगको सम्झौता 'सबैको साझा राष्ट्रिय सुरक्षा स्वार्थ'को पक्षमा रहेको बताएका छन्।
इयुले 'काम गरिरहेको' सम्झौता 'कुनै एक मुलुकले अन्त्य गर्ने' विषय नरहेको जनाएको छ।
'एक्लो'
इरानी राष्ट्रपति हसन रुहानीले अमेरिका 'हालसम्मै सबैभन्दा बढी एक्लिएको' बताएका छन्।
उनले प्रश्न गरेका छन्, "के एक जना राष्ट्रपतिले बहुराष्ट्रिय अन्तर्राष्ट्रिय सम्झौता आफ्नै ढंगले खारेज गर्न मिल्छ"?
"यो सम्झौता केवल इरान र अमेरिकाबीच मात्रै नभएको ट्रम्पलाई थाहा नभएजस्तो देखिन्छ"।