तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कतार संकट: फोन वार्तापछि रियाद आक्रोशित
साउदी अरेबियाले कतारसँग वार्ता स्थगित गरेको बताएको छ।
कतारी नेता र साउदी राजकुमारबीच फोन वार्ता भएलगत्तै साउदी अरेबियाले त्यस्तो घोषणा गरेको हो।
कतार संकट समाधानका लागि वार्ता गर्ने विषयमा दुवै पक्षले छलफल गरेका थिए।
तथापि कतारले फोन वार्ताबारेका तथ्यहरु तोडमोड गरेको साउदी अरेबियाले आरोप लगाएको छ र उसले वार्ता अन्त्य गरेको बताएको छ।
अपेक्षा
साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले गत जुन ५ यता कतारसँग सम्बन्ध विच्छेद गरेका छन्।
ती चार मुलुकले कतारले आतंकवादी क्रियाकलापलाई सघाएको आरोप लगाएका छन्।
तर कतारले उक्त आरोप अस्वीकार गर्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै पक्षसँग अलग अलग कुरा गरेपछि शुक्रबार उनीहरुबीच फोन वार्ता भएको थियो।
उक्त फोन कुराकानी जारी संकट समाधानमा महत्वपूर्ण हुने ठानिएको थियो।
संकट शुरु भएयता रियाद र दोहाबीच त्यो नै पहिलो औपचारिक कुराकानी थियो।
तर उनीहरुबीच सम्बन्ध थप बिग्रिएजस्तो देखिन्छ।