तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुम्बई बम हमलाका दोषीलाई सजाय
भारतको मुम्बईस्थित एक अदालतले करिब २५ वर्षअघि भएको श्रृंखलावद्ध बम हमलामा संलग्न भएको आरोप खेपिरहेका दुई जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
फिरोज खान र ताहिर मर्चेण्टलाई फौजदारी षड्यन्त्र र हत्याका लागि दोषी ठहर गरिएको हो।
अबु सलेम र करिमुल्ला खानलाई भने आजीवन कारावासको सजाय दिइएको छ।
सन् १९९३ मा मुम्बईमा भएको बम हमलापछि सलेम भारतबाट भागेका थिए र पछि सन् २००५ मा पोर्चुगलबाट उनलाई सुपुर्दगी गरिएको थियो।
व्यापक क्षति
करिब एक दर्जन स्थानलाई लक्षित गरी भएका ती हमलामा २५७ मानिसको ज्यान गएको थियो।
अर्को आरोपित रियाज सिद्धिकीलाई १० वर्षको जेल सजाय तोकिएको छ।
सन् २००३ र २०१० को बीचमा सात जनालाई गिरफ्तार गरिएको थियो।
उनीहरुलाई छुट्टाछुट्टै मुद्दा चलाइएको थियो।
अदालतले गत जुनमा तीमध्ये छ जनालाई दोषी ठहर गरेको थियो।
दोषी ठहरिएकामध्ये एक मुस्ताफा डोसाको फैसला लगत्तै हृदयघातका कारण मृत्यु भएको थियो।
एक जना भने निर्दोष ठहरिएका थिए।