तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानमा महिला उपराष्ट्रपति नियुक्त
इरानका राष्ट्रपति हसन रुहानीले दुईजना महिलालाई उपराष्ट्रपति र एकजनालाई नागरिक अधिकारसम्बन्धी सहायक नियुक्त गरेका छन्।
पुरुषहरुलाई मात्रै मन्त्री बनाएकोमा आलोचना भएपछि राष्ट्रपतिले पछिल्लो नियुक्ति गरेका हुन्।
इरानका १२ जना उपराष्ट्रपतिले राष्ट्रपतिसँग सम्बन्धित संगठनहरु हेर्दछन्।
सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएयता एकजना महिला मात्रै मन्त्री बनेकी छन्।
अनुमोदन
रुहानीद्वारा गठित मन्त्रिपरिषद्लाई संसद्ले अनुमोदन गर्नुपर्ने हुन्छ।
नयाँ मन्त्रिपरिषद्मा सुन्नी मुस्लिमका पनि कोही प्रतिनिधिलाई समावेश गराइएको छैन।
उनीहरुको जनसंख्या १० प्रतिशत छ।
मासुमेह एब्तेकारले परिवार तथा महिला मामिलासम्बन्धी उपराष्ट्रपति नियुक्त गरिएकी छन् भने लाया जोनेयदी कानूनी मामिलासम्बन्धी र शाहीनदोख्त मोव्लावेर्दी नागरिक अधिकारसम्बन्धी राष्ट्रपतिकी सहायकका रुपमा नियुक्त भएकी छन्।
दवाव
मोव्लावेर्दीले पुरुषहरुलाई मात्रै मन्त्री बनाइनुले इरान 'निष्क्रिय' रहेको देखाएको टिप्पणी गरिन्।
मोव्लावेर्दी र एब्तेकारले अघिल्लो सरकारमा पनि उपराष्ट्रपति पद सम्हालेका थिए।
सुधारवादीहरुले नयाँ मन्त्रिपरिषद्मा विविधता नहुनुले धार्मिक संस्थापनको दवावका सामु रुहानी झुकिरहेको संकेत गरेको बताएका छन्।
कडा धारका उम्मेदवारहरुलाई हराउँदै गत मे महिनाको राष्ट्रपतीय चुनावमा रुहानी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएका थिए।