तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्रान्समा भीषण डढेलो: १० हजार स्थानान्तरण
फ्रान्सको दक्षिण-पूर्वी क्षेत्रमा फैलिएका डढेलोका कारण गएराति कम्तीमा दश हजार मानिसहरुलाई अन्य सुरक्षित स्थानमा सारिएको छ।
आगो भूमध्ये सागरको तटीय क्षेत्र, भित्री पहाडी भेग र कोर्सिका टापुको झण्डै चालिस वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।
स्थानीय अधिकारीहरुले सहयोगका लागि बाँकी युरोपलाई आग्रह गरेका छन्।
सोमबारदेखि फैलिएको आगो निभाउने क्रममा कम्तीमा १२ जना अग्नि नियन्त्रक र १५ जना प्रहरीहरु घाइते भएका छन्।
स्थानान्तरण
एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै एकजना अग्नि नियन्त्रक अधिकारीले भनेका छन्, "आगो फैलिन थालेपछि त्यसक्षेत्रबाट कम्तीमा १० हजार मानिसलाई स्थानान्तरण गरिएको छ।"
छुट्टी बिताउने स्थानका रुपमा लोकप्रिय त्यस क्षेत्रमा हाल गर्मीको समयमा स्थानीयवासीभन्दा दोब्बर तेब्बर पर्यटकहरु जम्मा हुने गरेको ती अधिकारीले बताए।
सबैभन्दा खराब डढेलोको अवस्था एउटा लोकप्रिय रिजोर्ट सेन्ट-ट्रोपेज नजिकै रहेको छ।
कोर्सिकामा सयौं घरहरु खाली गरिसकिएको छ।
समग्रमा चार हजार अग्नि नियन्त्रक र सैनिकहरुले सोमवारदेखि नै पानीका बमहरुको प्रयोग गरेर डढेलो नियन्त्रणमा लिन संघर्ष गरिरहेका छन्।