तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन 'जलवायु परिवर्तन रोक्न प्रयासरत'
अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी प्यारीस सम्झौताबाट पछि हट्न लागेको विवरण आइरहेका बेला चीनिया प्रधानमन्त्री लि खच्याङले उनको राष्ट्रले त्यसप्रति गरेको प्रतिबद्धतालाई सदर गर्ने बताएका छन्।
जर्मनीको भ्रमणमा रहेका लीले जलवायु परिवर्तन विरुद्ध लड्नु चीनको आफ्नै हितको लागि हुने बताएका छन्।
साथै अन्य मुलुकले पनि चीनको अनुसरण गर्नेमा चीन भरपरेको लिले बताएका छन्।
लिले भने, "चीनले प्यारिसमा गरेको सम्झौतालाई निरन्तर पालना गरिरहने छ। तर यो अन्य राष्ट्रसंगको सहयोगमा गर्ने हामीले आशा लिएका छौं।''
जिम्मेवारी
ठूलो विकासउन्मुख राष्ट्र भएकाले जलवायु परिवर्तन रोक्ने प्रयास गर्नु चीनको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको लिले बताए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०१५ को प्यारिस सम्झौताबारे केहि समय पछि बोल्ने छन्।
केही अमेरिकी संचार माध्यमले ट्रम्प यस सम्झौता बाट पछि हट्ने बताइरहेका छन्।
प्रभाव
रुसले पनि जलवायु परिवर्तन बारे उसले गरेको प्रतिबद्धता पालना गर्ने बताएको छ।
तर अमेरिका पछि हट्यो भने त्यसले प्यारिस सम्झौतालाई प्रभाव पार्ने पनि उसको भनाइ रहेको छ।
सहमतिका प्रमुख सहभागी नै कम भए भने त्यो सम्झौताको प्रभावकारिता कम हुने स्पष्ट देखिएको क्रेमलिनका एक प्रवक्ताले बताए।