तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फिलिपिन्स हिंसा: ‘१९ गैरसैनिकको मृत्यु’
फिलिपिनी सेनाले दक्षिणतर्फ पर्ने मिन्डानाओ प्रान्तको मारावी नगरलाई इस्लामवादी विद्रोहीहरुको कब्जाबाट मुक्त गर्ने प्रयास जारी राख्दा कम्तीमा १९ जना गैरसैनिक मारिएको अधिकारीहरुले बताएका छन्।
नगर बाहिरको एक खोंचमा आठ पुरुषको शव एकै ठाउँमा पाइएको थियो।
उनीहरुको हात बाँधिएको र टाउकोमा गोली लागेको घाउ रहेको बताइएको छ।
मारिएका आठ पुरुष सिकर्मी रहेको र उनीहरुले कुरानका श्लोकहरु भन्न नजान्दा इस्लामवादी विद्रोहीले हत्या गरिएको बताइएको छ।
मारिनेहरुमा महिलाहरु र कम्तिमा एक बालक पनि रहेको बताइएको छ।
हिंसा
हिंसा चर्किएपछि थुप्रै नगरबासी आफ्नो घर छोडी अस्थायी शिविरहरु भएतिर लागेको बताइएको छ।
सडकमा भीषण लडाईं चर्किरहँदा करिव दुई हजार गैरसैनिकहरु चेपुवामा परेको अनुमान गरिएको छ।
मिन्डानाओ टापु रहेको मारावी नगर हालै विद्रोहीको कब्जामा परेपछि फिलिपिनी सेनाले प्रतिकार शुरु गरेको हो।
मारावी क्षेत्र अतिवादी समूह माउतेको कब्जामा छ। सो समूहले इश्लामिक स्टेट विद्रोही समूहसँग आफ्नो सम्बन्ध रहेको बताउने गरेको छ।