तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
माक्रोंलाई युरोपेली नेताहरुको बधाई
फ्रान्सका मतदाताले देशको इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपतिका रुपमा एमानुएल माक्रोंलाई निर्वाचित गरेका छन्।
युरोपबिचको एकता बलियो पार्नुपर्ने पक्षमा उभिएका एक जना उदार मध्यपन्थी नेता माक्रोंले चरम दक्षिणपन्थी राष्ट्रवादी नेतृ मारिन ल पेनलाई पराजित गरेका हुन्।
लगभग सबै मतगणना भइसक्दा माक्रोंले करिव दुई तिहाई मत पाएका छन्।
चुनावी परिणामपछि उनका हजरौँ समर्थकहरुले खुशी मनाउँदै दैशको झण्डा फहराउँदै प्यारिसको लुभ्र संग्राहलय बाहिर विजयोत्सव मनाएका छन्।
एकता
राष्ट्रपति निर्वाचित माक्रोंले उनीहरुलाई सम्बोधन गर्दै परिवर्तनको पक्षमा सांसदहरुको समर्थन जुटाउने र हाल विभाजित रहेको फ्रान्सलाई एकताबद्ध बनाउने बताए।
उनका प्रतिद्वन्द्वी मारिन ल पेनले चाहिं उनको दल न्याश्नल फ्रन्ट पार्टी अब सबैभन्दा बलियो विपक्षी दल बनेको बताइन्।
३९ वर्षिय माक्रोंले अर्को आइतबारसम्म राष्ट्रपति फ्राँस्वा ओलान्दको उत्ताराधिकारीको रुपमा पदभार ग्रहण गर्ने बताइएको छ।
फ्रान्सको राष्ट्रपति चुनावमा एमानुएल माक्रोंको जितलाई युरोपेली संघ विरोधी नीतिहरुको पराजय भन्दै युरोपभरबाट स्वागत भएको छ।
स्वागत
मारिन ल पेनले प्रस्तुत गरेको इयुबाट अलग हुने धारणा पराजित भएकोमा युरोपेली नेताहरु आश्वस्त भएको जस्तो देखिन्छ।
जर्मन चान्सलर एङ्गेला मर्कलले माक्रोंलाई टेलिफोन गरि बधाई दिएकी छन् र उनको सफलता बलियो र एकताबद्ध युरोपको विजय भएको बताएकी छन्।
युरोपेली कमिसनका प्रमुख जाँ क्लाउड योङकरले त्यस्तै खालका धरणा राखेका छन्।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले चाहिं उनलाई टेलीफोन गरी इयुबाट ब्रिटेनको बहिर्गमनका बारेमा कुराकानी गरेकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जाल ट्विटरमार्फत उनलाई बधाई दिंदै आफूले मिलेर काम गर्न चाहेको बताएका छन्।