तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘रुसी हस्तक्षेपबारे छानविन जारी’
अमेरिकी संघीय जाँच ब्युरो एफबिआइका निर्देशक जेम्स कोमीले, पहिलो पटक, उनको निकायले सन् २०१६ को चुनाव अघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबिचको सम्बन्धबारे छानविन गरिरहेको बताएका छन्।
खुल्ला गरिएको संसदको गुप्तचर निकाय हेर्ने समितिको एउटा दुर्लभ बैठकमा उनी र राष्ट्रिय सुरक्षा निकायका प्रमुखले आफ्नो धारणा राखेका थिए।
संसदको 'इन्टेलिजेन्स' समितिले दुबैलाई उक्त विषयमा आफ्ना धारणा राख्न बोलाएको थियो।
राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेप सम्बन्धी आरोपहरुको सधैं खण्डन गर्ने गरेका छन्।
पुष्टी
संसदीय समितिमा निर्देशक कोमीले एफबीआइले ट्रम्पको चुनावी अभियान र नतिजा प्रभावित पार्न रुसले भूमिका खेलेको भन्ने आरोपका बिचमा रहेको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेको पुष्टी गरे।
रुसप्रति लक्षित गर्दै उनले भने, "उनीहरु अस्वाभाविक रुपमा चर्का प्रतिक्रिया दिएर हस्तक्षेप गरिरहेका थिए। हामीले उनीहरु के गर्दैछ्न भनेर थाहा पाउन् भन्नकै लागि उनीहरुले त्यसरी हल्ला गरेका थिए। उनीहरुको सबैभन्दा ठूलो उद्देश्य हाम्रो प्रजातन्त्रको विश्वस्नीयताको अवमूल्यन गर्नु थियो।"
रुसले चाहिं अमेरिकी संसदीय समितिमा जारी सुनुवाइबारे आफूलाई कुनै चासो नभएको प्रतिक्रिया दिएको छ।
अमेरिकाका गुप्तचर निकायका प्रमुखहरुले विगतमा डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई समर्थन गर्ने नीति रुसले लिएको आफूलाई लागेको बताउने गरेका थिए।
'ट्यापिङ'
कोमीले पूर्ववर्ती राष्ट्रपति बराक ओबामाले चुनावअघि आफ्नो फोन 'ट्याप' गर्न आदेश दिएको भन्ने राष्ट्रपति ट्रम्पको आरोप पुष्टी गर्ने प्रमाण एफबिआइ र न्याय मन्त्रालय दुबैसँग नरहेको बताए।
नेशनल सेक्युरिटी एजेन्सीका निर्देशक माइक रोजर्सले आफूले ब्रिटेनको गुप्तचर निकाय 'जिसिएचक्यु'लाई ट्रम्प विरुद्ध जासुसी गर्न आदेश दिएको भन्ने आरोपको कडा प्रतिवाद गरे।
उनले त्यस्तो कदमले अमेरिकी कानून र जासुसी सम्ब्धी अन्तराष्ट्रिय सम्झौताको उल्लंघन गर्ने बताए।