तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गायक यमबुद्धको लण्डनमा निधन
शनिबार बिहान लण्डनमा निधन भएका यमबुद्ध भनेर चिनिने चर्चित युवा गायक अनिल अधिकारीप्रति उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा श्रद्धान्जली व्यक्त गरेका छन्।
बीबीसी नेपाली सेवासंग कुरा गर्दै लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सादलका सदस्यहरु घटनास्थल पुगेको बताए।
उनले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष रहेको पनि बताए। मृतकको शव, मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी (कोरोनर) समक्ष पठाइएको पनि उनले बताए।
अधिकारीको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने जनाइएको छ।
यसअघि, २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक श्रोतले बीबीसीलाई बताएको थियो।
उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राती कामबाट फर्केर सुत्न गएका थिए, तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो।
-यापर अधिकारीले "आमा, जुत्तामा, साथी" जस्ता कैयौं चर्चित गीतहरु गाएका छन्।