तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टोकियोमा ५४ वर्षपछि हिमपात
जापानको राजधानी टोकियोमा ५४ वर्षपछि पहिलो पटक नोभेम्बर महिनामा हिउँ परेको छ।
यो समयमा सामान्यतया १० देखि १७ डिग्री सेल्सियसको बीचमा तापक्रम हुने भएकोले टोकियोवासीले हिउँ पर्नुलाई आश्चर्यजनक रूपमा हेरेका छन्।
सन् १८७५ मा तथ्याङ्क राख्न थालिएयता टोकियोको जमिनमा पहिलो पटक हिउँ देखिएको हो।
असामान्य चिसो हावापछि परेको हिउँका कारण सार्वजनिक यातायात सेवा केही समय ढिला भएको थियो।
हिउँमय
जापान टाइम्सका अनुसार जापानी मौसम निकायले सडक हिउँमय हुन सक्ने, बिजुलीका तार तथा रूखमा हिउँ नै हिउँ र प्लास्टिकका हरितगृहहरू हिउँको बोझले भत्किन सक्ने चेतावनी दिएको छ।
पछिल्लो समय सन् १९६२ को नोभेम्बरमा टोकियोमा हिउँ परेको थियो…
- टोकियोमा गगनचुम्बी भवनहरू थिएनन्- पहिलो आधुनिक गगनचुम्बी कासुमीगसेकी भवन सन् १९६८ मा तयार भएको थियो।
- टोकियो ओलिम्पिक्स अझै दुई वर्ष पर थियो- उक्त महत्त्वपूर्ण घटनाले द्रुत आधुनिकीकरण र वृद्धिको शुरूवात गरायो।
- शिन्कांसेन पनि त्यस्तै थियो- तीव्र गतिको बुलेट ट्रेनले सन् १९६४ मा टोकियोबाट ओसाकासम्म प्रारम्भिक यात्रा पूरा गरेको थियो।
- अझै धेरै मानिसले परम्परागत शौचालय प्रयोग गर्दछन्- जापान उच्च प्रविधिको शौचालयका लागि प्रसिद्ध होला तर सन् १९६० को दशकपछि मात्रै जापानीहरूले पश्चिमा शैलीका शौचालय प्रयोग गर्न थालेका हुन्।