विद्यालयमा सफा र नयाँ शौचालय बनेपछि छात्राहरू महिनावारी हुँदा घर बस्दैनन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, शौचालयले महिनावारी भएका छात्राहरूलाई विद्यालय जान सजिलो बनाएको छ।
विद्यालयमा सफा र नयाँ शौचालय बनेपछि छात्राहरू महिनावारी हुँदा घर बस्दैनन्

जान्जिबारको एउटा विद्यालयमा पढ्ने छात्राहरू महिनावारी हुँदा घरमै बस्थे। पैँतीस सय छात्रछात्रा भएको उक्त विद्यालयमा छवटा मात्रै शौचालय थिए।

तर अहिले त्यहाँको परिस्थिति फेरिएको छ। एउटा स्थानीय गैरसरकारी संस्थाले उक्त विद्यालयसँग मिलेर १२ वटा नयाँ शौचालय निर्माण गरिदिएको छ।

सफा र नयाँ शौचालय बनेपछि अहिले छात्राहरू पहिलाको जस्तो सङ्कोच नमानी विद्यालय जान्छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।