‘महिनावारी हुनुअघि छोरीले आमा भन्दा पनि भावुक भएर भक्कानिएकी छु’
“मेरो संसार ढल्दै छ। मेरो कोही छैन। झनक्क झनक्क रिस उठ्छ। छिनमै खुसी हुन्छु, छिनमै दुखी। सानो सानो कुराले मेरो मन दुख्छ अनि आँशु झर्छन्। शारीरिकरूपमा पनि निकै कमजोर हुन्छु। मप्रति अलि संवेदनशील भइदिए हुन्थ्यो…”
सामान्यतया २१ देखि ३५ दिनभित्र हुने महिनावारी अघि कैयौँ महिलाहरूले यस्तै महसुस गर्ने गर्छन्। मानसिक र शररिक रूपमा विभिन्न लक्षणहरू देखिने भएकाले उनीहरूले आफूलाई सम्हाल्न निकै गाह्रो हुने गरेको केही महिलाहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ उपमा बस्नेतका अनुसार यस्तो अवस्था महिनावारी हुनुभन्दा पाँच/सात दिन अघिदेखि आउने गर्छ जसलाई प्री मेन्स्ट्रूअल सिन्ड्रोम अर्थात् पीएमएस भन्ने गरिन्छ।
“महिनावारी हुने समयमा महिलाहरूमा हर्मोनको धेरै तलमाथि हुने गर्छ। जसको कारणले उनीहरूको मुड पटक फटक फेरिइरहने, निराश हुने, तनाव हुने र झर्किने गर्छन्। धेरै महिलाहरू शारीरिकरूपमा पनि कमजोर महसुस गर्छन्।”
राम्रो खानपान र जीवनशैली परिवर्तन गरे पीएमएस नियन्त्रण गर्न सकिने डा. बस्नेतले बताइन्। पीएमएसबारे थप जानकारी र यसलाई नियन्त्रण गर्न केके गर्न सकिन्छ भन्ने जानकारी पाउन सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



