तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भानुआटूमा भूकम्प जाँदा ग्यारेजभित्र खिचिएको भाइरल भिडिओ
भानुआटूको राजधानी पोर्ट भिलामा एउटा ग्यारेजभित्र सीसीटीभीले खिचेको दृश्यमा मङ्गलवार दिउँसो भूकम्प जाँदा त्यहाँ कस्तो अवस्था थियो भन्ने देखिन्छ।
अधिकारीहरूका अनुसार ७.३ म्याग्निट्यूडको उक्त भूकम्पका कारण प्रशान्त महासागरमा अवस्थित टापुहरूको उक्त देशका विभिन्न स्थानमा पहिरो गएको थियो भने भवनहरू भत्किएका थिए। राति शक्तिशाली परकम्पहरू पनि गए।
भूकम्पमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २०० जनाभन्दा बढी मानिस घाइते भएका छन्। भवनका भग्नावशेषभित्र पुरिएको हुन सक्ने आशङ्कामा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ।
यो भिडिओमा दुई व्यक्ति ग्यारेजभित्र खसेका सामानबाट जोगिन भाग्दै गरेको र खतरा महसुस गरेर एउटा कुकुर पनि बाहिर निस्किन खोजे जस्तो देखिन्छ।
भानुआटू भूकम्प गइरहने जोखिम भएको क्षेत्रमा अवस्थित छ।
हेर्नुहोस् यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।