तीन रात घर बाहिरै बिताएका भूकम्प पीडित कसरी बसिरहेका छन्

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरात गएको भूकम्पमा आफ्नो घर गुमाएका स्थानीय बासिन्दाहरूले खुला चउरमा रात बिताइरहेका छन्।
कतिपयले अस्थायी आवास निर्माणको काम सुरु गरिसकेका छन् भने परिवारजन र आफन्त गुमाएका पीडितहरू शोकमै छन्।
पाल समेत नपाएका कतिपय पीडितहरूले बोरा, लुङ्गी र अन्य घरायसी सामग्रीहरूले बनाएको अस्थायी आवासमा रात बिताइरहेका छन्।
ज्येष्ठ नागरिक र बिरामीहरू बारीमै ओछ्यान लगाएर बसिरहेको दृश्य जाजरकोट र रुकुम पश्चिमका बस्तीहरूमा देखिन्छ।
कतिपयले घरका भग्नावशेषबाट सामानहरू निकाल्न सुरु गरेका छन्। अधिकांशले बारीमै खाना पकाएर खाइरहेका छन्।
कतिपय स्थानमा सरकारी निकायबाट पठाइएको राहतका सामग्री पुग्न थालेका छन्। भूकम्प पीडितहरूलाई ओढ्ने, ओछ्याउने, चाउचाउ र भाँडाकुँडाहरू वितरण गर्न सुरु गरिए पनि यो सबै पीडितहरूसम्म पुग्न सकेको छैन।
हेर्नुहोस् भूकम्प प्रभावित क्षेत्रहरू घुमेर बीबीसी संवाददाता प्रकाश पन्त र राष्ट्रिय समाचार समितिले लिएका तस्बिरहरू।



तस्बिर स्रोत, RSS


तस्बिर स्रोत, RSS


तस्बिर स्रोत, RSS

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








