'मैले गर्दा ६ सन्तानको अनुहारमा दाग बस्यो': छालाको रङ्ग फेर्ने हानिकारक क्रीमको प्रयोग बढ्दो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'मैले गर्दा ६ सन्तानको अनुहारमा दाग बस्यो': छालाको रङ्ग फेर्ने हानिकारक क्रीमको प्रयोग बढ्दो

नाइजिरियामा आमाबुवाले बच्चालाई अलिक गोरो बनाउन छाला सेतो पार्ने क्रीम प्रयोग गर्ने प्रवृत्ति डरलाग्दो मात्रामा बढेको पाइएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार छालाको रङ्ग फेर्न रासायनिक तत्त्व प्रयोग गरिने दर नाइजिरियामा अफ्रिकाकै सर्वोच्च छ।

नाइजिरियाले छालाको रङ्ग फिक्का तुल्याउने अभ्यासलाई सन् २०२३ मा 'स्वास्थ्य सङ्कट' घोषणा गरेको थियो।

'बीबीसी अफ्रिका कन्टेन्ट हब'की मदिना मैशानुले नाइजिरियाको कानु राज्य गएर बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।