नाइजिरियाः ईशनिन्दाको आरोपमा हत्या, ‘मलाई भालाले मुटु छेडे जस्तै भयो’

भिडिओ क्याप्शन सुरु हुँदैछ, नाइजिरियाः ईशनिन्दाको आरोपमा हत्या, ‘मलाई भालाले मुटु छेडे जस्तै भयो’

इसाई धर्म मान्ने २१ वर्षीया डेबोरा स्यामयोल उत्तरी नाइजिरियाको एउटा कलेजमा पढ्थिन्। ह्वाट्सएपमा शेअर गरिएको भोइस नोटमा ईशनिन्दा गरेको आरोपमा कलेजकै विद्यार्थीहरूको भिडले कुटेर उनको हत्या गर्‍यो।

उनको हत्यापछि आफूहरूको जीवनमा नाटकीय परिवर्तन आएको उनकी आमा र बुबाले बीबीसीलाई बताएका छन्।

नाइजिरियामा ईशनिन्दाको कानुन लामो समयदेखि विवादित छ।

नाइजिरियाको कानुन कुनै धर्ममा आधारित नभए पनि मुस्लिम बाहुल्य १२ वटा उत्तरी प्रदेशमा इस्लामिक अदालतहरू छन् र ती अदालतले ईशनिन्दामा मृत्युदण्ड सम्मको सजाय गर्छ। तर अहिलेसम्म ईशनिन्दामा मृत्युदण्डको सजाय भने सुनाइएको छैन।

यद्यपि ईशनिन्दाको आरोप लागेका व्यक्तिहरूको भिडबाट हत्या हुने गरेको छ।

अनि यो पनि