युद्धग्रस्त गाजामा कुपोषणका कारण २७ बालबालिकाको मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ,
युद्धग्रस्त गाजामा कुपोषणका कारण २७ बालबालिकाको मृत्यु

उत्तरी गाजाको कमाल अद्वान अस्पतालमा चिकित्सकीय उपकरणहरू निरन्तर बजिरहेका छन्। तीसँगै शिशु र अन्य बालबालिकाको रोदन सुनिन्छ।

कुपोषण र पानीको कमीका कारण बिरामी परेका उनीहरूलाई बचाउन स्वास्थ्यकर्मीहरू सङ्घर्षरत छन् तर बेलाबेला उनीहरू निराश बन्छन्।

विगत पाँच पहिनादेखि युद्धमा रहेको गाजा क्षेत्रमा कुपोषणकै कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो भिडिओमा देखाइएका बालबालिकाको खाना र पानीका कारण मृत्यु भएको बीबीसी अरेबिक ट्रेन्डिङले पुष्टि गरेको छ।

गाजाको उत्तरी क्षेत्र भोकमरीको सँघारमा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। तर इजरेलले भने पर्याप्त सहायता सामग्री उपलब्ध भए पनि राष्ट्रसङ्घीय निकायले प्रभावकारी वितरण नगरेको आरोप लगाएको छ।

यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।