'आफैँले खान पाएकी छैन, चम्ल्याहा बच्चालाई कसरी स्तनपान गराऊँ?'

भिडिओ क्याप्शन सुरु हुँदैछ, गाजामा सुत्केरी महिला र नवजात शिशुको बिजोग
'आफैँले खान पाएकी छैन, चम्ल्याहा बच्चालाई कसरी स्तनपान गराऊँ?'

गाजामा आफ्नो घरबाट विस्थापित एक महिलाले केही समयअघि एउटा अस्पतालमा चार शिशुलाई जन्म दिइन्। अस्पतालसम्म पुग्ने गाडी खोज्न उनले पाँच किलोमिटर हिँड्नुपरेको थियो।

ती महिलाको परिवारमा नवजात शिशुसहित नौ जना छन्। उक्त परिवारले अहिले गाजास्थित एक विद्यालयको एउटा कक्षाकोठामा आश्रय लिएको छ।

ती सुत्केरी महिलाले आफूले पोषणयुक्त खानेकुरा नपाएको र आफूसँग बच्चाहरूलाई दिने धुलो दूध पनि नभएको बताएकी छन्।

इजरेली सैनिकहरू शरणार्थी शिविर भएको ठाउँतिर अघि बढ्दै गर्दा मध्यगाजाबाट झन्डै डेढ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।