इरानमा सर्वोच्च नेताविरुद्ध प्रदर्शन जारी, १० दिनमा 'कम्तीमा ३५ जनाको मृत्यु'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इरानमा सर्वोच्च नेताविरुद्ध प्रदर्शन जारी, १० दिनमा 'कम्तीमा ३५ जनाको मृत्यु'

इरानमा राजधानी तेहरानस्थित ग्र्यान्ड बजारमा प्रदर्शनकारीहरूले सर्वोच्च नेता तथा धर्मगुरु आयतोल्लाह अली खामेनेईको शासनविरुद्ध नाराबाजी गर्दा सुरक्षाकर्मीहरूले बल प्रयोग गरेका छन्। दुई पक्षबीच भएको झडपमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको भिडिओ सार्वजनिक भएको छ।

मङ्गलवार ग्र्यान्ड बजारमा भेला भएका प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई इङ्गित गर्दै "मुर्दाबाद"को नारा लगाए।

इरानमा डिसेम्बर महिनाको अन्तिम सातादेखि सुरु भएको विरोधप्रदर्शनको शृङ्खलामा अहिलेसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको एउटा मानवाधिकारवादी समूहले बताएको छ। तर इरानको सरकारी निकायले हताहत भएका मानिसको सङ्ख्या सार्वजनिक गरेको छैन।

इरानी मुद्रा रिआलको चर्को अवमूल्यन भएपछि र देशमा महँगी अकासिएपछि तेहरानबाट सुरु भएका विरोधप्रदर्शन र हडताल देशका अन्य सहरमा पनि भइरहेका छन्।

केही प्रदर्शनकारीहरूले अली खामेनाईको शासन अन्त्य हुनुपर्ने माग राखेका छन् भने केही प्रदर्शनकारीहरू राजतन्त्र पुनर्बहालीको पक्षमा पनि उभिएका छन्।

गत साता अमेरिकाको विदेश मन्त्रालयले इरानमा सुरु भएको विरोधप्रदर्शनप्रति आफ्नो समर्थन रहेको बताएको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।