आफूलाई उद्धार गर्ने मानिस मुटुको शल्यक्रिया गराएर फर्किएपछि खत छाम्दै बाँदर

भिडिओ क्याप्शन सुरु हुँदैछ, आफूलाई उद्धार गर्ने मानिस मुटुको शल्यक्रिया गराएर फर्किएपछि खत छाम्दै बाँदर
आफूलाई उद्धार गर्ने मानिस मुटुको शल्यक्रिया गराएर फर्किएपछि खत छाम्दै बाँदर

तीन साता छुट्टिएपछि तोस्या नामक बाँदरको भेट उसलाई उद्धार गर्ने व्यक्ति लिओनिड स्टोयानोफसँग भयो।

बार्बरी जातको उक्त बाँदरले सुरुमै स्टोयानोफको मुटुको शल्यक्रियापछि छातीमा बनेको खत सुमसुम्यायो।

तोस्यालाई पहिला अर्कै एक व्यक्तिले पालेको थियो। तर उसले दुर्व्यवहार गरेको देखेपछि लिओनिडले तोस्यालाई उद्धार गरे। उनीहरूबीच निकै आत्मीय सम्बन्ध बनेको छ।

लिओनिड र उनकी पत्नी दुवै पशुचिकित्सक हुन्। उनीहरूले अप्ठ्यारोमा परेका दुर्लभ वन्यजीवहरूको वर्षौँदेखि उद्धार गर्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।