'चोरी गर्न' भित्ताको साँघुरो प्वालबाट छिर्न खोज्दा गर्नुपर्यो उद्धार
भारतको राजस्थानमा अर्काको घरमा चोरी गर्न छिर्न खोज्ने एक सन्दिग्ध व्यक्तिलाई घरधनीले प्रहरी बोलाएर उद्धार गर्नुपरेको अनौठो घटना सार्वजनिक भएको छ।
गत आइतवार घरधनीले आफ्नो घर फर्किँदा भान्साको भित्तामा बनाइएको साँघुरो प्वालमा एक अपरिचित व्यक्ति अड्किएको देखे। उक्त व्यक्तिको आधा शरीर भान्सामा थियो भने बाँकी भाग भित्ताको अर्कोपट्टि थियो। उक्त प्वाल भान्साको धुवाँ बाहिर निकास गर्ने पङ्खा राख्न बनाइएको थियो।
घरधनीले त्यहाँको अवस्था देखिने गरी भिडिओ खिचे र प्रहरीलाई खबर गरे।
प्रहरीले सन्दिग्ध चोरलाई त्यहाँबाट निकाल्यो र हिरासतमा लियो। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



