गाजाका स्वास्थ्यकर्मी जो ज्यान जोखिममा राखेर अरूको उपचार र उद्धारमा खट्छन्
युद्धग्रस्त गाजामा सर्वसाधारण मानिसमाथि आक्रमण भयो भने उनीहरूसँग पहिलो विकल्प हुन्छ : १०१ मा फोन गरेर स्वास्थ्यकर्मीलाई खबर गर्ने।
प्यालेस्टिनी रेड क्रेसन्टले यो फोन सेवा सञ्चालन गरेको हो।
बीबीसी न्यूज अरेबिकले उक्त मानवतावादी संस्थामा कार्यरत केही स्वास्थ्यकर्मीहरूसँगै रहेर उनीहरूको दैनिक जीवनको दृश्य खिच्ने दुर्लभ अवसर पाएको छ। त्यस क्रममा उनीहरूले आफ्नो ज्यान जोखिममा पारेर कसरी अरूको उद्धार र उपचारमा काम गर्छन् भन्ने देखियो।
स्थानीय पत्रकार फेराज अल-अज्रामीले युद्धको पहिलो महिना केही एम्बुलेन्स चालकहरूसँग यात्रा गरेर बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



