'रोडिओ'मा उन्मत्त साँढे जब उफ्रेर दर्शकदीर्घातिर हाम फाल्यो
संयुक्त राज्य अमेरिकाको ओरिगनमा आयोजित 'रोडिओ'मा एउटा साँढे मैदानबाट उफ्रेर दर्शकदीर्घातिर हाम फाल्दा केही मानिस घाइते भए।
'सिस्टर्स रोडिओ' मा भएको उक्त अप्रत्याशित घटनापछि केही कोलाहल मच्चिएको थियो।
पछि साँढेलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।
'रोडिओ'मा मानिसहरूलाई मनोरञ्जन दिन 'काउबोइ'हरू घोडा चढेर साँढेलाई नियन्त्रण गर्ने आफ्नो सीप देखाउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





