अमेरिकाले प्रक्षेपण गरेको अन्तरिक्षयान चन्द्रमामा नपुग्ने निश्चित
संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेट आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको उक्त अभियानमा संलग्न प्राविधिकहरूले बताएका छन्।
यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरग्रीन ल्यान्डर बोकेको छ।
इन्धन चुहावटको समस्याका कारण पेरग्रीन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न सकेका थिएनन्।
पेरग्रीन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको थियो।
यो अमेरिकी अन्तरिक्ष अभियान आगामी महिना चन्द्रमामा पुग्ने ठानिएको थियो। त्यसो हुँदा आधा शताब्दीको अवधिपछि अमेरिकी अन्तरिक्षयानले पहिलो पटक चन्द्रमामा सुरक्षित अवतरण गर्ने थियो।
हेर्नुहोस् भोल्कन रकेट प्रक्षेपण गरिँदाको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



