सिरियामा सत्ताच्युत राष्ट्रपति असदको निवासमा लुटपाट
सिरियामा राष्ट्रपति बशर अल-असद सत्ताच्युत भएपछि दमास्कसस्थित राष्ट्रपति भवन र अल-असदका अन्य निवासहरूमा सर्वसाधारण मानिसहरू प्रवेश गरेका थिए।
बीबीसीले देखेको एउटा घटनामा मानिसहरूको उनको स्वामित्वको एउटा भवनमा लुटपाट गरेका थिए। मानिसहरूले त्यहाँबाट एअर कन्डिशनर, झाडबत्ती र अन्य सामान आफूसँग लिएर गएका थिए।
गत सप्ताहान्त 'एचटीएस' समूहको नेतृत्वमा विद्रोहीहरूले राजधानी आफ्नो नियन्त्रणमा लिएपछि बशर अल-असदको सत्ता ढलेको थियो।
उनी सिरियाबाट भागेर शरण लिन मस्को पुगेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



