श्रीलङ्का सङ्कट: हजारौँ प्रदर्शनकारी राष्ट्रपति भवन छिरे, केहीले यसरी पौडी खेले
श्रीलङ्कामा हजारौँ प्रदर्शनकारीहरू राजधानी कोलम्बोस्थित राष्ट्रपति भवनमा छिरेका छन्।
यो भिडिओमा केही प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबय राजपक्षको पौडी पोखरीमा पौडी खेलेको देखिन्छ।
श्रीलङ्का अहिले चरम आर्थिक सङ्कटमा फसेको छ।
कोभिड महामारी र आर्थिक अव्यवस्थाका कारण श्रीलङ्काको विदेशी मुद्राको सञ्चिति घटेकाले विदेशी मुद्रा नहुँदा सामान आयात गर्न पनि समस्या उत्पन्न भएको छ।
इन्धन र अन्य वस्तुको आपूर्ति सहज नभएकाले अहिले महँगी चुलिएको छ।
खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ।
केही महिनादेखि त्यहाँ सरकारविरुद्ध प्रदर्शन भइरहेको छ।
प्रदर्शनकारीले राष्ट्रपति राजपक्षको राजीनामा माग गरेका छन्।