बशर अल-असदको उदय र पतन : सैन्य शासकका चिकित्सक छोरा जो राष्ट्रपति बने

भिडिओ क्याप्शन सुरु हुँदैछ,

सिरियामा विद्रोहीहरूले राजधानी दमास्कस आफ्नो नियन्त्रणमा लिएपछि उक्त देशमा असद परिवारको पाँच दशकभन्दा लामो निरङ्कुश शासन ढलेको छ।

आफ्ना पिता तथा सैन्य शासक हाफजको मृत्यु भएपछि यूकेमा कार्यरत प्रशिक्षार्थी नेत्रचिकित्सक बशर अल-असदले सिरियाको नेतृत्व गर्ने अवसर पाए।

सुरुमा राजनीतिक स्वतन्त्रता र खुलापनका पक्षमा देखिएका उनले पछि आफ्नो सत्ताविरुद्ध बोल्नेहरूलाई दमन गर्न थाले। उनीमाथि आफ्नै नागरिकहरूमाथि अत्याचार गरेको र प्रतिबन्धित हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लाग्दै आएको छ।

गत साता ११ दिनको अवधिभित्र विद्रोहीहरूले राजधानी दमास्कससहित देशका तीन ठूला सहरमा नियन्त्रण कायम गरेपछि बसर अल-असद सिरिया छोडेर शरण लिन रुस गएका छन्।

रुसले उनलाई सहयोग गर्दै आएको थियो।

असद पलायन भएपछि सिरियामा ठूलो राजनीतिक रिक्ता उत्पन्न हुने देखिएको छ।

हेर्नुहोस् यो भिडिओ।

दमास्कस कब्जा गरेपछि पूर्वराष्ट्रपति हाफज अल-असदका सालिक तोडफोड

भिडिओ क्याप्शन सुरु हुँदैछ,

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।