प्यारिस ओलिम्पिक्समा यो पटक सबैभन्दा धेरै स्वर्ण पदक कुन देशले जित्यो?
आइतवारबाट सबै खेल सकिएको ओलिम्पिक्समा २०० भन्दा बढी देशका खेलाडीहरू सहभागी थिए। कुल ३२९ वटा पदकका लागि उनीहरूले विभिन्न ३२ वटा विधाका खेलमा प्रतिस्पर्धा गरे।
ओलिम्पिक्समा नेपाल यो पटक पनि पदकविहीन भएको छ।
यस पटक नेपालबाट सात जना खेलाडीले भाग लिएका थिए। नेपालले सहभागिता जनाएको अन्तिम खेल आइतवार सकिएको थियो।
जुलाई २६ मा उद्घाटित प्यारिस ओलिम्पिक्समा जुलाई २७ का दिनदेखि नतिजा आउन थालेको थियो।
यो संस्करणको ओलिम्पिक्समा संयुक्त राज्य अमेरिका र चीनबीच सर्वाधिक स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको देखिन्छ।
नोटः यो तालिकामा कुनै देशलाई प्रतिनिधित्व नगर्ने स्वतन्त्र खेलाडीहरूले जितेको पदक समाविष्ट गरिएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।