ज्यान गुमाउने रुसी लडाकुको गणना गर्दा यस्तो देखियो युद्धको फेरिँदो रूप

जान्न तल स्क्रोल गर्नुहोस्

रुसले युद्धमा हुने क्षतिको विवरण सधैँ लुकाउने गरेको छ।

त्यसैले उसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि बीबीसी र यसका साझेदारहरूले परिश्रमपूर्वक यथाशक्य धेरै मृत्युको गणना गर्ने र पुष्टि गर्ने काम सुरु गरे।

युद्धमा मारिएको पुष्टि भएका मानिसहरूको हाम्रो सूचीमा २५,००० व्यक्ति पुगेका छन्। अर्थात् रुसले युद्धमा गुमाएका सैनिकको न्यूनतम सङ्ख्या त्यति पुगेको छ।

यो गणनाले युद्धले रुसी फौजलाई पारेको असरबारे अकाट्य प्रमाण जुटाएको छ। शोकाकुल परिवारजनले यसबाट आफूले खोजेको उत्तर पनि पाएका छन्।

बीबीसीले मृतकहरूलाई पहिल्याउँदासम्म कतिपय आफन्तले आफ्ना प्रियजनलाई के भएको थियो भन्नेसम्म पत्तो पाएका थिएनन्।

ज्यान गुमाउने रुसी लडाकुको गणना गर्दा यस्तो देखियो युद्धको फेरिँदो रूप

रुसले युद्धमा हुने क्षतिको विवरण सधैँ लुकाउने गरेको छ।

त्यसैले उसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि बीबीसी र यसका साझेदारहरूले परिश्रमपूर्वक यथाशक्य धेरै मृत्युको गणना गर्ने र पुष्टि गर्ने काम सुरु गरे।

युद्धमा मारिएको पुष्टि भएका मानिसहरूको हाम्रो सूचीमा २५,००० व्यक्ति पुगेका छन्। अर्थात् रुसले युद्धमा गुमाएका सैनिकको न्यूनतम सङ्ख्या त्यति पुगेको छ।

यो गणनाले युद्धले रुसी फौजलाई पारेको असरबारे अकाट्य प्रमाण जुटाएको छ। शोकाकुल परिवारजनले यसबाट आफूले खोजेको उत्तर पनि पाएका छन्।

बीबीसीले मृतकहरूलाई पहिल्याउँदासम्म कतिपय आफन्तले आफ्ना प्रियजनलाई के भएको थियो भन्नेसम्म पत्तो पाएका थिएनन्।

दुई सैनिकको कथा

रुसी फौजको एउटा टोलीको नेतृत्व गरेका सर्जेन्ट निकिता लोब्युरेट्स गत वर्ष मे २० मा पूर्वी युक्रेनको एउटा गाउँमा मारिए। उनी २१ वर्षका थिए।

एलेक्जेन्डर जुब्कोफको मृत्युको करिब एक वर्षपछि मात्र उनका आफन्तले बख्मुतको युद्धमा उनी मारिएको थाहा पाए। उनलाई लागुऔषध कसुरमा नौ वर्षका लागि जेल सजाय सुनाइएको थियो र सजाय छुट पाइने आशामा उनी वाग्नर नामक भाडाका सैनिकहरूको समूहमा आबद्ध भएका थिए।

बीबीसीले पहिचान गरेका २५,००० मृतक सैनिकमध्ये उनीहरू पनि छन्। बीबीसीसहित रुसको स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोनाले एउटा स्वयंसेवी समूह, आधिकारिक प्रतिवेदन, पत्रपत्रिका, समाजिक सञ्जाल र नयाँ स्मारक तथा चिहानहरूबाट उनीहरू मारिएको पुष्टि गरेका हुन्।

यी दुई जनाले युक्रेनमा आक्रमण सुरु भएयता रुसी सैनिकहरूको बदलिँदो अवस्थाको प्रतिनिधित्व गर्छन्। क्रमश: बूढो हुँदै गरेको फौजमा मृतकको सङ्ख्या बढ्दै जाँदा कम तालिमप्राप्त सैनिकको हिस्सा बढ्दो छ।

बीबीसीको गणनामा युद्ध सुरु हुँदा प्राय: मर्ने सैनिक निकिता लोब्युरेट्स जस्तै २१ वर्षका र तल्लो दर्जाका थिए।

निकिता लोब्युरेट्स

रुसी सैन्य पोसाकमा निकिता लोब्युरेट्सको तस्बिर

उनका बुबा कोन्स्टान्टिनका अनुसार युक्रेनको सीमाभन्दा १०० किलोमिटर टाढाको उनको गाउँमा विद्यालयको पढाइ छोड्नुभन्दा अगाडिदेखि नै लोब्युरेट्स प्याराट्रूपर बन्न चाहन्थे।

अन्तत: उनले रुसी प्याराट्रूपरका लागि दिइने तालिम लिने अवसर पाए र रुसको सैन्य गुप्तचरको विशेष ब्रिगेडमा आबद्ध भए।

उनका बुबाका अनुसार युद्धमा होमिएको भएको झन्डै तीन महिनापछि लोब्युरेट्स सम्मिलित सानो टोली खार्किभनजिकै एम्बुशमा परेको थियो र उनको त्यहीँ मृत्यु भएको थियो।

उनको चिहान उनको गृहनगरमै 'नायकहरूको उद्यान'मा बनाइयो र उनलाई 'अर्डर अफ करेज' बाट विभूषित गरियो।

युद्ध सुरु भएपछि केही महिनामै उनीजस्ता हजारौँ मानिसबारे यस्तै कथा छ।

पहिलो तीन महिनामा मृत्यु भएका व्यक्तिको चित्राङ्कन

पहिलो तीन महिनामा जसको मृत्यु भयो

उमेर: २१ | व्यावसायिक सैनिक| दर्जा: सिपाही

युद्धको पछिल्लो तीन महिनामा ज्यान गुमाएका व्यक्तिको चित्राङ्कन

पछिल्लो तीन महिनामा जसको मृत्यु भयो

उमेर: ३४ | कैदी | दर्जा: थाहा छैन 

तर एक वर्षपछि यस्ता घटना निकै सामान्य बने।

पछिल्ला महिनाहरूमा युक्रेनमा मारिएका रुसी सैनिकको औसत उमेर ३४ वर्ष थियो। कैद सजाय भुक्तान गरिरहेका उनीहरूलाई सेनामा भर्ती गरिएको थियो।

तर एक वर्षपछि यस्ता घटना निकै सामान्य बने।

पछिल्ला महिनाहरूमा युक्रेनमा मारिएका रुसी सैनिकको औसत उमेर ३४ वर्ष थियो। कैद सजाय भुक्तान गरिरहेका उनीहरूलाई सेनामा भर्ती गरिएको थियो।

एलेक्जान्डर जुब्कोफजस्तै…

जुब्कोफजस्ता 'वाग्नर'मा भर्ती भएर लडाइँ गर्न गएका कैदीहरूको कुनै दर्जा हुँदैन। उनी रुसी जलसेनाका जहाजहरू राखिने रुसको उत्तरपश्चिमी क्षेत्रको ह्वाइट सीसँगको तटीय सहर रेभेरोद्भिन्स्कमा जन्मिएका थिए।

एलेक्जान्डर जुब्कोफ

एलेक्जान्डर जुब्कोफको तस्बिर

सन् २०१४ को अदालतको अभिलेखअनुसार उनी एक सन्तानका बाबु हुन् र बेरोजगार थिए। एक जनाको हत्यामा दोषी ठहर भएपछि उनलाई साढे आठ वर्ष जेल सजाय सुनाइएको थियो।

उनले असल व्यवहार देखाउने सर्तमा सन् २०२० मा कैद छुट पाए। तर उनीविरुद्ध अर्को वर्ष फेरि लागुऔषध बोकेको अभियोगमा मुद्दा पर्‍यो।

अदालतले उनलाई थप नौ वर्षको जेल सजाय सुनायो। उनको पारपाचुके भएको थियो। आफ्नो सानो बच्चा र बहिनीलाई पालनपोषण गर्ने उत्तरदायित्व उनीसँग थियो।

वाग्नर समूहले कैदीहरूलाई भर्ती गर्न सुरु गरेपछि जुब्कोफ पनि सन् २०२२ को नोभेम्बरमा त्यसमा सामेल भए। उनलाई महिनाको १,२५० डलर तलब दिने भनिएको थियो। उनले छ महिना सेवा गरेपछि कैद सजाय पनि मिनाहा हुन सक्ने भनिएको थियो।

तर त्यसको पाँच महिनामै पूर्वी युक्रेनको बख्मुत सहर कब्जा गर्ने वाग्नरको प्रयासमा भएको अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्धमा जुब्कोफको मृत्यु भयो। उनको शव एप्रिल २८ मा आफ्नै सहरमा गाडियो।

सैनिकको आहुति'

जुब्कोफ र उनीजस्ता मानिसलाई "खेर फालिने" फौजको रूपमा प्रयोग गरिएको एउटा थिङ्क ट्याङ्क समूह रोयल यूनाइटेड सर्भिसेज इन्स्टिट्यूटका स्थलयुद्धकलाका विज्ञ ज्याक वाट्लिङ बताउँछन्।

युद्धमा मारिएका कैदीहरूमा चोरीको अभियोगमा जेल परेकादेखि आपराधिक गिरोहका नाइकेसम्म छन्। एउटा घटनामा दोस्रो विश्‍वयुद्ध लडेका ९२ वर्षे सैनिकको हत्यामा जेल परेका व्यक्ति युक्रेन युद्धको मोर्चामा मारिए।

युद्धमा परिचालन गरिएका गैरसैनिकहरूमध्ये केहीलाई बाटो वा शपिङ मलबाट पनि लगिएको थियो। उनीहरूलाई निरन्तर युक्रेनी सैनिकहरूसँगको झडपमा जान, उनीहरूलाई थकाउन र उनीहरूको अस्त्रको अवस्थाबारे बुझ्न अह्राइन्थ्यो।

"उनीहरू मारिने छन् भन्ने जानेरै उनीहरूलाई अग्रपङ्क्तिमा पठाइयो," वाट्लिङ भन्छन्। "त्यसैले रुसी सेनाले उल्लेख्य रूपमा यी सैनिकको आहुति दियो।"

युद्धको रणनीतिमा आएको यो परिवर्तन मृतकको गणनामा पनि देखिन्छ।

समूहका आधारमा मृत्यु

News image

रुसले युद्ध सुरु भएको पहिलो तीन महिनामा ठूलो सङ्ख्यामा व्यावसायिक लडाकुहरू गुमायो।

तर पछिल्लो तीन महिनामा ठूलो सङ्ख्यामा गैरव्यावसायिक लडाकुहरूको मृत्यु भएको छ।

रुसले युद्ध सुरु भएको पहिलो तीन महिनामा ठूलो सङ्ख्यामा व्यावसायिक लडाकुहरू गुमायो।

समूहका आधारमा मृत्यु

दर्जामृतक
अधिकृतहरू 792
प्राइभेट र अन्य साना दर्जाहरू 2279
आक्रमण सुरु भएपछि भर्ना भएका स्वयंसेवक 280
वाग्नर 22
परिचालित सर्वसाधारण नागरिक 0
कैदीहरू 0

तर पछिल्लो तीन महिनामा ठूलो सङ्ख्यामा गैरव्यावसायिक लडाकुहरूको मृत्यु भएको छ।

समूहका आधारमा मृत्यु

दर्जामृतक
अधिकृतहरू 148
प्राइभेट र अन्य साना दर्जाहरू 398
आक्रमण सुरु भएपछि भर्ना भएका स्वयंसेवक 484
वाग्नर 752
परिचालित सर्वसाधारण नागरिक 780
कैदीहरू 1236

हजारौँ मृतक कुन वर्गमा पर्छन् भन्ने थाहा छैन। बीबीसी र मिडियाजोनाले सङ्कलन गरेको तथ्याङ्कको विश्लेषण।

डा. वाट्लिङ रुसले बाँकी रहेका आफ्ना व्यावसायिक सैनिकहरूलाई नियोजित रूपमा जोगाइराखेको र उनीहरूलाई आधार तयार गर्न, लुकेर र सहज अजस्थामा आक्रमण गर्न मात्रै प्रयोग गरिरहेको बताउँछन्।

तत्काल दक्षता सैनिकको सङ्ख्या बढ्न सम्भव छैन। बीबीसीले रुसका २,१०० भन्दा बढी सैनिक अधिकृतहरूको मृत्यु भएको पुष्टि गरेको छ। रुसले युद्धमा क्षति हुने ठाउँमा तल्लो दर्जाका सिपाहीहरू नेतृत्वमा खटाएको देखाउँछ। युद्धमा मारिनेमा २४२ जनाको दर्जा लेफ्टिनन्ट कर्नेल वा त्योभन्दा माथिका छन्।

युद्धमा कम्तीमा १५९ जना लडाकु विमानका चालकहरू पनि मारिएको गणनामा देखिएको छ। उनीहरूको ठाउँमा अर्को व्यक्ति तयार गर्न प्रशिक्षणका लागि कम्तीमा पनि सात वर्ष र दशौँ लाख डलर खर्च हुन्छ।

समाधिस्थलनजिक उभिएका सैनिकहरूको तस्बिर

Reuters

यस्तो क्षतिका कारण मेजर जेनरल कानामात बोताशेफजस्ता निकै अनुभवी सैनिकहरू पनि अवकाशमा जान पाएनन्।

सन् २०१२ मा Su-27 फाइटर जेट बिनाअनुमति उडाएर दुर्घटना गराएपछि उनको सैन्य सेवा रोकिएको थियो। तर गत वर्षको मेमा ६३ वर्षको उमेरमा उनी Su-25 जेट लिएर आक्रमणमा गएका बेला उनको विमान पूर्वी युक्रेनको लुहान्स्कमा खसालियो।

युद्धमा मारिनेमा उनी सबैभन्दा पाको उमेरका व्यक्ति चाहिँ होइनन्।

ऊर्जा केन्द्रको जागिरबाट अवकाश पाएका मिखाइल सुभानोभ ७१ वर्षको उमेरमा स्वैच्छिक रूपमा युद्धमा होमिए। सञ्चारमाध्यममा आएका विवरणअनुसार सुरुमा उनलाई भर्ती गरिएन। पछि सन् २०२२ को डिसेम्बर १० मा उनी मारिए।

विश्वसनीय अभिलेख

बीबीसी रसियनका कर्मचारीहरूले यस्तो गणनाबिना युद्धमा भएको क्षतिको विश्वसनीय अभिलेख हुन नसक्ने ठानेपछि यो गणना सुरु गरिएको हो।

युद्धरत प्रत्येक पक्षले आफूतर्फ भएको क्षति कम देखाउँछ। तर रुसले युद्धमा भएको आफ्नो क्षति सैन्य गोपनीयता र देशको मनोबलका लागि आवश्यकता हुनेभन्दा धेरै कम देखाएको इतिहास छ।

अफगान र चेचेन युद्ध सकिएको कैयौँ वर्षसम्म पनि युद्धमा सहभागी सैनिक र तिनका आफन्तहरू मृतकको वास्तविक सार्वजनिक अभिलेख भेट्टाउन सङ्घर्षरत छन्।

दोस्रो विश्वयुद्धका मृतकबारे पनि पूर्ण विवरण स्वीकार गरिएन।

मिडियाजोना र सुराकी दिने रुसी सर्वसाधारणसँग काम गरेर बीबीसीले स्थानीय अधिकारीहरूले उल्लेख गरेका, सञ्चारमाध्यममा आएका वा आफन्तबाट र सामाजिक सञ्जालमा आएका मृत्युका विवरणहरू सङ्कलन र पुष्टि गर्‍यो।

उनीहरूले नयाँ नाममा देशभरि बनाइएका युद्धस्मारकहरूको अनुगमन गरे, स्वयंसेवकहरूले नयाँ चिहानहरूको तस्बिर खिचे र पुष्टि भएका प्रत्येक मृतकको नाम र अन्य पहिचान राखे।

गणनाका क्रममा वाग्नरमा भर्ती भएका लडाकुका सातवटा समाधिस्थलहरू पत्ता लागेका थिए। तीमध्ये छ वटा रुसमा र एउटा पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा थिए।

बीबीसीले रुस सरकारलाई प्रतिक्रियाका लागि सम्पर्क गरे पनि उसले जबाफ दिएन।

सन् २०२१ मा खिचिएको स्याटलाइट तस्बिरमा बाकिन्स्कायाको समाधिस्थलमा चिहान बनाउन बाँकी खाली जग्गा र केही दर्जन समाधिशिला देखिन्छ

नोभेम्बर २०२१

सन् २०२३ को एप्रिलमा खिचिएको भूउपग्रह तस्बिरमा बाकिन्स्कायाको समाधिस्थलमा कैयौँ नयाँ चिहान थपिएको देखिन्छ।

एप्रिल २०२३

हाम्रो गणनामा रुसका सबै मृतक समाविष्ट छैनन्। हामीले सार्वजनिक स्रोतहरूमा उल्लिखित, हाम्रा स्वयंसेवकहरूले भ्रमण गरेका स्मारक र समाधिस्थलमा नाम राखिएका आधारमा मात्रै गणना गरेका छौँ। स्वयंसेवकहरू पनि रुसको फराकिलो क्षेत्र नपुगेका हुनसक्छन्।

यो गणनामा डोन्बासका रुसीभाषी पृथक्तावादीहरूलाई पनि समावेश गरिएको छैन।

News image

फेब्रुअरीमा यूकेको गुप्तचर निकायले ४०,००० देखि ६०,००० सैनिक मारिएको आकलन गरेको थियो।

युक्रेनको रक्षा मन्त्रालयले रुसी पक्षमा मृत्यु र घाइते हुनेहरूको कुल सङ्ख्या २,००,००० भन्दा बढी रहेको जनाएको छ।

यी सबै आँकडाले ६,००० मात्रै मारिएको रुसी दाबीलाई फितलो बनाउँछन्।

फेब्रुअरीमा यूकेको गुप्तचर निकायले ४०,००० देखि ६०,००० सैनिक मारिएको आकलन गरेको थियो।

युक्रेनको रक्षा मन्त्रालयले रुसी पक्षमा मृत्यु र घाइते हुनेहरूको कुल सङ्ख्या २,००,००० भन्दा बढी रहेको जनाएको छ।

यी सबै आँकडाले ६,००० मात्रै मारिएको रुसी दाबीलाई फितलो बनाउँछन्।

अपूर्ण नै भए पनि यो गणनाबाट केही शोकाकुल परिवारले आफूले खोजेको उत्तर पाएका छन्।

आनाको कथा

गत डिसेम्बरमा बीबीसीले सम्पर्क गर्दा आना (परिवर्तित नाम) लाई उनका पूर्वप्रेमी तथा उनकी छोरीका पिता फेल नाबिएफलाई के भयो भन्ने शङ्का लाग्यो।

"के भएको हो त्यो मलाई बताउन सक्नुहुन्छ?" उनले भनेकी थिइन्। "उनलाई कहाँ गाडिएको छ र कसरी मरे भन्ने मैले थाहा पाउन सकिनँ।"

नाबिएफको चिहान माथिको भूउपग्रह तस्बिरमा देखिएको बाकिन्स्काया समाधिस्थलमा भेटियो। बीबीसीले उनको पहिचान गर्‍यो।

बाकिन्स्काया समाधिस्थलको एउटा चिहानमा स्थापित शिला र फेल नाबिएभकै चिहान भएको जानकारी दिन राखिएको सङ्केतको तस्बिर

BBC

बख्मुत क्षेत्रमा अघि बढ्दै गर्दा भएको भीषण भिडन्तमा ६० वर्षका उनी सन् २०२२ को अक्टोबर ६ मा मारिएका थिए। त्यस समय वाग्नरका सबै सैनिकहरू त्यहाँको युद्धमोर्चामा थिए।

मस्कोको उत्तरपूर्वी क्षेत्रमा बस्ने आना आफू र नाबिएभ छुट्टिए पनि एकअर्काको साथी रहेको र "उनी एक असल व्यक्ति भएको" बताउँछिन्।

तर उनका अनुसार उनी गरिब थिए र पैसा कमाउने सजिलो उपाय खोज्दै ग्यारेजहरूमा प्रवेश गरेर कारका पाटपुर्जा र अरु मशीनहरू चोरेर बेच्ने गर्थे। त्यही कारण जेल पुगेका उनी जेलबाटै वाग्नरमा भर्ती भएका थिए।

रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले पठाएका डफ्फामा भएको कैदीहरूको मृत्यु पुष्टि गर्न निकै कठिन छ। स्थानीय सैन्य भर्ती कार्यालयमा गएर सोध्दा उनीहरूले आनालाई नबिएभको नाम अभिलेखमा नभएको बताए।

युद्धमा भएका मृत्युका घटनाबारे आधिकारिक पुष्टि नहुँदा अन्योल सिर्जना मात्र सिर्जना भएको छैन, परिवारका लागि क्षतिपूर्ति र पारिश्रमिक दाबी गर्न पनि कठिन भएको छ।

"मैले उनी जिउँदै छन् कि मरिसके बुझ्न खोजेँ। तर तपाईँहरूले दिएको जानकारीबाहेक मसँग कुनै सूचना छैन," आनाले बीबीसीसँग भनिन्। "म उनको सम्झनाको चिनोस्वरूप उनले प्राप्त गरेका पदकहरू लिन चाहन्छु। उनी मेरा लागि प्रिय थिए।"

रुसको समाधिस्थलमा भएका चिहानहरूको तस्बिर

BBC

२.५ करोड जना जगेडामा'

रुसले आफू रक्षात्मक भएर रहेको अवस्थामा युक्रेनले पाइरहेको पश्चिमा सहयोग अन्तत: कमजोर हुने कुरामा विश्वास गर्ने स्थलयुद्धका विज्ञ ज्याक वाट्लिङ बताउँछन्।

लामो योजनापछि युक्रेनी प्रत्याक्रमणले रुसका बलिया किल्ला तोड्न सफल भएको अवस्थामा कमजोर र अनुभवहीन रुसी सेनाको "उल्लेख्य पतन" हुन सक्ने उनी बताउँछन्।

रुसका रक्षामन्त्री सेर्गेई सोइगूको सर्वसाधारणलाई परिचालन गर्ने अभिव्यक्तिको दृष्टान्त दिँदै वाट्लिङ जेसुकै भए पनि रुसमा जनशक्तिको अभाव नहुने बताउँछन्। "उनले 'मसँग दुई करोड ५० लाख जगेडा सैनिक छन्" भनेको कुनै ठट्टा हैन। उनी आफ्नो उद्देश्यप्रति गम्भीर छन्।"

त्यसको अर्थ वाग्नरको टोलीमा रहेका आफ्ना भाइको मृत्यु भएको हल्लापछि उनको अवस्था बुझ्न प्रयास गरिरहेकी इर्कुत्स्क निवासी भेराजस्ता महिलाले रुसी पक्षमा भएको मृत्युको गणना गरिरहेका बीबीसी कर्मचारीहरूलाई निरन्तर सन्देश पठाइरहने छन्।

"हामीले कहाँकहाँ धाउने, कहाँकहाँ सहयोगका लागि याचना गर्ने?" उनी भन्छिन्। "हामीमाथि वज्रपात भयो, हामीले कसरी सत्य पहिल्याउने?"

BBC Verify logo