पाकिस्तान बाढीः डुबानमा परेको एउटा गाउँ जहाँ कराहीमा चढेर माछा मारिन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, कराहीमा चढेर माछा मार्दैः बाढीले डुबाएको एउटा गाउँको कथा

ठूलो बाढीले डुबानमा परेको पाकिस्तानको एउटा गाउँमा मानिसहरूले माछा मार्ने एउटा नौलो उपाय प्रयोग गरिरहेका छन्। उनीहरू फलामको ठूलो कराहीमा बसेर माछा मार्न निस्किन्छन्।

ठूला कराहीहरू प्रायः छोकडा पकाउन प्रयोग गरिन्छ। तर अधो भर जतोईका निवासीहरू अहिले त्यस्ता कराहीमा बसेर माछा मार्ने जाल हाल्न र माछा भेला पार्न निस्किन्छन्।

कोहीकोही त कराहीमा सामान राखेर यताउता पनि गर्छन्।

यो वर्ष पाकिस्तानमा आएको बाढीले जनधनको ठूलो क्षति गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि