बालेन: काठमाण्डूका मेयर बालेन्द्र शाह फेरि अर्को बहसको केन्द्रमा, के उनलाई असहयोग हुन थालेको हो

मेयर बालेन शाह

तस्बिर स्रोत, Courtesy: KMC

उम्मेदवारीदेखि जित र महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेर चर्चा कमाएका काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पछिल्लो पटक अर्को बहसको केन्द्रमा पुगेका छन्।

वाग्मती प्रदेशको एउटा कार्यक्रम बीचमै छोडेर उनी निस्केपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न तर्कवितर्क भइरहेको छ।

एकथरीले उनको कदमलाई उचित भनेका छन् भने अर्कोथरीले त्यसो गर्नु ठिक नभएको टिप्पणी गरेका छन्।

मेयर शाहले भने कार्यक्रम छोडेर निस्कने आफ्नो कदमको प्रतिरक्षा गरेका छन्।

उनका सहायक सचिव नवीन भण्डारीले असम्बन्धित कुरा उठेपछि कार्यक्रमबाट मेयर शाह निस्केको बताए।

"विषयवस्तुभन्दा फरक विषयमा कुरा उठेपछि उहाँ कार्यक्रमबाट निस्कनुभएको हो," बीबीसीसँग भण्डारीले भने।

काठमाण्डूको फोहोर लगेर

तस्बिर स्रोत, Reuters

बालेनले के भनेका छन्?

कार्यक्रमबारे मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्: "वाग्मती प्रदेशले आयोजना गरेको 'काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रम' मा सहभागी भएर धेरै खुशी लाग्यो।"

वाग्मती प्रदेश सरकारद्वारा सोमवार आयोजित अभिमुखीकरण कार्यक्रममा बस्नुको औचित्य नदेखेरै बाहिरिएको मेयर शाहले दाबी गरेका छन्।

"मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो, तर काठमाडौँसँग र काठमाडौँवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौँलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने? मेरो प्रश्न यति हो।"

"काठमाडौँ राजधानी मात्रै होइन। वाग्मती प्रदेशका लागि त एउटा पालिका मात्रै हो, तर काठमाडौँ कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजो [सोमवार] को कार्यक्रम छोडेको हुँ।"

उनले गाली र आलोचना सुन्नुपर्ने भए आफ्नै महानगरवासीको अथवा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने टिप्पणी गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बालेन शाह: नवनिर्वाचित मेयरसँग नागरिकका अपेक्षा के छन्?

सामाजिक सञ्जालमा कस्ता प्रतिक्रिया?

मेयर शाहको कदमबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्।

काठमाण्डू महानगरको मेयर पदका लागि प्रतिस्पर्धा गरेकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले शाहको कदमको ट्विटरमा आलोचना गरेकी छन्।

"सम्बन्धित ठाउँमा फेस गर्नुपर्छ न कि वक्तव्यबाजी… आफ्नो कुरा सम्बन्धित ठाउँमै राख्नुपर्छ… यो तरिका राम्रो होइन, भएन।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

ट्विटर प्रयोगकर्ता गौरव पोखरेलले मेयर शाहको कदमप्रति व्यङ्ग्य गरेका छन्।

"गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरवासीको सुन्छु- मेयर बालेन रे। अब मेयरलाई केही सोधेमा-भनेमा बीचमा न्यायाशीध बनेर नआउन सबैलाई जानकारी। मेयरले सुन्छु भनिसकेसी 'हु आर यू'!

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

तर ट्विटरमै रमेश कँडेलले मेयर शाहको कदमको प्रशंसा गरेका छन्।

"गाली र आलोचना सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीको सुन्नेछु अथवा सम्बन्धित व्यक्ति समूह वा कार्यक्रमहरूमा सुन्नेछु। स्याबास बालेन स्याबास!"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

फेसबुकमा जीवन पाख्रिनले भने मेयर शाहको कदमको पक्षमा विचार राखेका छन्।

"हरेक गालीलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुहोला। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। अगाडि बढ्नुहोस् बालेन दाजु।"

असहयोग हुन थालेको हो?

बन्चरेडाँडा ल्यान्डफिल साइट छेउछाउका बासिन्दाको विरोधका कारण झन्डै तीन सातासम्म काठमाण्डूको फोहोर नउठ्दा दुर्गन्ध फैलिन पुग्यो।

स्थानीय जनप्रतिनिधि र काठमाण्डू महानगरबीच १८ बुँदे सहमति भएपछि गत शुक्रवारबाट पुनः फोहोर सङ्कलन हुन थालेको हो।

उपप्रमुख सुनीता डङ्गोललाई शपथ गराउँदै बालेन्द्र शाह

तस्बिर स्रोत, RSS

कतिपयले फोहोरमैला व्यवस्थापनसम्बन्धी विवाद समाधान गर्ने दिशामा मेयर शाहलाई सङ्घ वा प्रदेश कतैबाट पनि सहयोग नभएको गुनासो गरे।

के शाहलाई असहयोग भएको महसुस हुन थालेको हो भन्ने जिज्ञासामा उनका सहायक सचिव भण्डारीले भनेः "हल्का त्यो महसुस हुँदैछ। देखिन्छ नि त।"

फोहोर व्यवस्थापन सामान्यतया स्थानीय सरकारको जिम्मेवारी भए पनि काठमाण्डूको हकमा फरक अवस्था रहेको स्थानीय सरकारसम्बन्धी विज्ञ बालानन्द पौडेल बताउँछन्।

"काठमाण्डूको फोहोर व्यवस्थापनको हकमा पालिका आफ्नो सीमाभन्दा बाहिर जानुपर्ने स्थिति छ। त्यसले गर्दा प्रदेश वा सङ्घ सरकारले पनि हेर्दिनुपर्ने हुन्छ," बीबीसीसँग उनले भने।

सम्बन्धित जिल्लाबाहिर पुगेर व्यवस्थापन गर्नुपर्ने अवस्था भएकोले ती सरकारले पनि हेर्नुपर्ने पौडेलको सुझाव छ।

काठमाण्डूको फोहोर बाहिर लगिँदै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, काठमाण्डूमा उत्सर्जित फोहोर विसर्जन गर्ने विषयमा बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ

कार्यक्रममा के भएको थियो?

वाग्मती प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सोमवारबाट आयोजना गरेको थियो।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेश अर्थमन्त्री शालिकराम जमकट्टेलले फोहोरमैला विर्सजनलाई लिएर काठमाण्डू महानगरको आलोचना गरे।

काठमाण्डू उपत्यकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा अब फोहोर विसर्जन गर्न नपाउने र आफैँले व्यवस्थापन गर्नुपर्ने बताए।

"हाम्रो कानुनमा पनि व्यवस्था छ एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न पाउँदैन र एउटा पालिकाको व्यवहारले अथवा हामीले गरेका कामले अर्को पालिकाका जनसमुदायलाई अरू कुनै हिसाबले असर गर्नु हुँदैन," उनले थपे।

कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि काठमाण्डू महानगरपालिकाको फोहोरमैला व्यवस्थापन समस्याबारे चर्चा गरे।

"अहिले केही दिनलाई काठमाण्डूका सडकको फोहोर उठाउने अस्थायी समाधान हो। अस्थायी समाधान सधैँभरि चल्दैन, स्थायी रूपमा गर्नुपर्छ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, फोहोरको व्यवस्थापन: 'फोहोरको स्रोतदेखि नै व्यवस्थापन नभएसम्म समस्या निरन्तर'