तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्का अर्थतन्त्र: 'अर्थतन्त्र राम्रो हुनुअघि अझै नराम्रो हुनेछ'
श्रीलङ्काका नयाँ प्रधानमन्त्री रनिल विक्रमसिङ्गले देशमा अशान्ति र दुख निम्त्याएको आर्थिक सङ्कट "सुध्रिनुअघि थप खराब हुने" बताएका छन्।
श्रीलङ्कामा इन्धन र चरम खाद्यान्न अभावले गर्दा केही श्रीलङ्कालीहरूको दुई छाक खानामा समेत असर गरेको छ।
सङ्कटप्रति सरकारको व्यवस्थापनलाई लिएर देखिएको आक्रोशले देशव्यापी हिंसात्मक प्रदर्शनहरू निम्त्याए।
प्रदर्शन शान्त पार्न रनिल विक्रमसिङ्गलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो।
विपक्षी सांसदको प्रधानमन्त्रीका रूपमा यो छैटौँ कार्यकाल हो।
पद सम्हालेयताको पहिलो अन्तर्वार्तामा विक्रमसिङ्गले बीबीसीसँग बोल्दै परिवारहरूलाई दिनमा तीनपटक खाना दिलाउने सुनिश्चितता आफूले गर्ने बताएका छन्।
विश्वलाई थप आर्थिक सहायताको अपिल गर्दै उनले भने "हामी खानेकुरा खोज्छौँ भोक सङ्कट हुनेछैन।"
राजपक्ष परिवारसँग 'निकट'
नयाँ प्रधानमन्त्रीले श्रीलङ्काको अर्थतन्त्र "छिन्नभिन्न" भएको भनी व्याख्या गरे, तर उनले श्रीलङ्कालीलाई आफ्नो सन्देश "संयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउने" रहेको बताए।
विक्रमसिङ्गलाई राष्ट्रपति गोटाबय राजपक्षले बिहीवार शपथ गराएका थिए। तर उनको नियुक्तिलाई संशयका रूपमा हेरिएको छ किनभने उनी राजनीतिक रूपमा प्रभुत्व रहेका राजपक्ष परिवारसँग निकै निकट भएको रूपमा हेरिन्छ।
अन्तर्वार्तामा, विक्रमसिङ्गले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीको भावनासँग आफू सहमत भएको बताएका छन्। तर त्यो नहुने पनि उनले बताए। उनले भने, "आरोपले काम गर्दैन, मानिसहरूको पालनपोषणका लागि म यहाँ छु।"
तर उनले "आफूले राजपक्ष सरकारका सबै नीतिहरू परिवर्तन गर्ने" बताए।
उनले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरे।
"हामीलाई तपाईँहरूको सहायता एक वर्षका लागि चाहिएको छ, हामीले तपाईँहरूबाट जे पाउँछौँ त्यो हामी फिर्ता गर्छौँ। यसका लागि हामीलाई मद्दत गर्नुहोस्। हामी एसियाको लामो समयदेखिको र पुरानो लोकतन्त्र हौँ," उनले भने।
आर्थिक सङ्कट
श्रीलङ्काको अर्थतन्त्र निरन्तर रूपमा गिर्दो छ। खाद्यान्न, औषधि र इन्धन पाइन छोडेको छ र पाइए पनि निकै महँगो छ। केही मानिसहरूको आफ्नो ट्याङ्कीमा पेट्रोल भर्न पम्पमा कुर्दाकुर्दै ज्यान गएको छ।
सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता टापु देश श्रीलङ्कामा देखिएको यो सबैभन्दा खराब आर्थिक सङ्कट हो।
"हामीसँग मट्टितेल छैन, पेट्रोल छैन, डिजेल छैन, खाना पकाउने ग्यास छैन र दाउरा बालेर खाना पकाउने स्टोभको पहुँच पनि छैन," राजधानी कोलम्बोमा एक ६८ वर्षीय महिलाले एएफपीसँग भनिन्।
"हामी प्रत्येक दिन आफ्ना बालबालिकालाई खुवाउन सङ्घर्ष गरिरहेका छौँ। विगत केही दिनमा खानेकुराको मूल्य तीन गुणा बढेको छ। हामीले कसरी व्यवस्थापन गर्ने?"
देशमा आर्थिक सङ्कट छ र उ अत्यधिक रूपमा आयातमा निर्भर छ। तर विदेशी मुद्रा सञ्चिती घट्दा आयातका लागि तिर्नुपर्ने रकम छैन।
कोभिडको विश्वव्यापी महामारीले अर्थतन्त्र आक्रान्त छ र सन् २०१९ मा गिर्जाघरमा भएको बम बारीका कारण पर्यटन क्षेत्रमा पनि नराम्ररी धक्का लागेको छ। तर विज्ञहरू भने आर्थिक व्यवस्थापन हुन नसक्नुलाई पनि दोष लगाइरहेका छन्।