तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन विमान दुर्घटना: १३२ जना सवार विमान पहाडी भेगमा दुर्घटनाग्रस्त
चीनमा १३२ जना सवार रहेको यात्रुवाहक विमान देशको दक्षिणी पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लाग्नुअघि कुन्मिङबाट उडेर ग्वाङ्जाऊतर्फ जाँदै थियो।
दुर्घटना भएको विमानबाट कसैलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको ठानिएको छ। तर दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन।
चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र चालकदलका नौ सदस्य रहेको जनाएको छ।
चिनियाँ विमानहरू राम्रो सुरक्षा प्रत्याभूति गर्नेमा गनिन्छन्। यसअघि चीनमा ठूलो हवाई दुर्घटना १२ वर्षअघि भएको थियो।
चीनको सीसीटीभीका अनुसार उद्धारकर्ताहरू घटनास्थलमा परिचालित भएका छन् र दुर्घटनाका कारण जङ्गलमा लागेको आगो निभाएका छन्।
सामाजिक सञ्जालमा स्थानीय बासिन्दाले शेअर गरेको जस्तो देखिने भिडिओहरूमा विमानका भग्नावशेषहरू पहाडमा यत्रतत्र छरिएका देखिन्छन्। दुर्घटना भएको ठाउँमा आगोको ज्वाला र धुवाँको मुस्लो देखिन्छ।
फ्लाइट ट्र्याकिङ गर्ने बेवसाइटहरूका अनुसार विमान एक घण्टाजति आकाशमा थियो।
विमान कम्पनीले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।
स्थानीय सञ्चारमाध्यमका अनुसार उसले सामाजिल सञ्जाल वेबोमा आफ्नो लोगो खरानी रङ्गको बनाएको छ र वेबसाइट श्यामश्वेत बनाएको छ।
विमान वुझाऊ प्रान्तनजिकै रहेको तेङ काउन्टी छेउमा झरेको देखिएको छ।
ग्वाङ्शी प्रान्त ग्वान्जाओनजिकै छ।
FlightRadar24 मा प्रकाशित विवरणअनुसार विमान अन्तिम पटक स्थानीय समयानुसार २:२२ बजे ३,२२५ फिटको उचाइमा रहेको देखिएको थियो।
यो पनि हेर्नुहोस्