तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१२ वर्षअघि हराएको कुकुरको मालिकसँग यसरी भयो पुनर्मिलन
अमेरिकाको क्यालिफोर्नियामा १२ वर्षअघि हराएको एउटा कुकुरको उसलाई सानो बेलामा पाल्ने व्यक्तिसँग पुनर्मिलन भएको छ।
जोए नाम गरेकी पोथी कुकुरलाई स्टकटननजिक एउटा गाडीबाट छोडिएको अवस्थामा फेला पारिएको थियो।
बूढो एवं बिरामी कुकुर भेटिएको सूचना एक व्यक्तिले प्रहरीलाई दिएका थिए।
पशुसेवासम्बन्धी एक अधिकारीले उक्त कुकुरमा राखिएको माइक्रोचिप स्क्यान गर्दा त्यो सन् २०१० देखि हराइरहेको पत्ता लागेको थियो।
भेटिने आशा थिएन
"यस्तो हुनसक्छ भनेर मलाई लागेकै थिएन, म एकदमै उत्साहित छु," कुकुर पाल्ने मिशेलले भनिन्।
सान जोआकिन काउन्टी शेरिफको कार्यालयका अनुसार सन् २०१५ मा माइक्रोचिप कम्पनीले उक्त कुकुर मरिसकेको सूचीमा राखेको थियो।
जोएको माइक्रोचिप स्क्यान गरेका अधिकारी ब्र्यान्डन लेभिनले चिपकै सहायताबाट कुकुर पाल्ने व्यक्तिको सम्पर्क विवरण पत्ता लगाइएको बताए।
उनको फोन नम्बर पनि पुरानै रहेको बताउँदै लेभिनले भनेः "जोएकी मालिक पूरै आश्चर्यमा परिन्।"
सन् २०१० मा हराएको ठाउँदेखि ६० माइल टाढा जोएलाई फेला पारिएको हो।
मिशेलले भनिन्, "मैले जोए र उसकीकी जुम्ल्याहा बहिनीहरूलाई तिनीहरू छ महिनाको छँदा एउटा पोखरीबाट ल्याएकी थिएँ। करिब छ महिनादेखि उनीहरू हामीसँगै थिए।"
"घरदेखि करिब २० मिनेटको दूरीमा रहेको एउटा किनमेल केन्द्रमा गएका थियौँ, फर्किँदा ऊ हराइसकेकी थिई।"
जोएलाई घर फिर्ता ल्याउन पाइने तथा ऊ स्वस्थ हुने आशा व्यक्त गर्दै मिशेलले भनिन्, "म उसलाई...बाँकी जीवन व्यतीत गर्न दिन पाइने कुराले उत्साहित छु।"
यो पनि हेर्नुहोस्