तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा भेटियो पूर्ण रूपमा संरक्षित अवस्थामा डाइनसोरको भ्रूण
कुखुराले चल्ला जस्तै रहेको डाइनसोरको पूर्ण रूपमा संरक्षित अवस्थामा भ्रूण फेला परेको वैज्ञानिकहरूले घोषणा गरेका छन्।
अनुसन्धानकर्ताहरूले कम्तीमा छ करोड ६० लाख वर्ष पुरानो अनुमान गरिएको उक्त भ्रूण दक्षिण चीनको गान्जोमा फेला परेको बताइएका छन्।
यो टुथलेस थीरपोड डाइनसोर वा ओभारटोरसोर रहेको विश्वास गरिएको छ र त्यो भ्रूणलाई बेबी यीङगलियाङ्ग नामकरण गरिएको छ।
अनुसन्धानकर्ता डा. फिओन वाइसम माले यो "हालसम्म फेला परेको सबैभन्दा राम्रो डाइनसोर भ्रूण" भएको बताएकी छन्।
यो खोजले डाइनसोर र आधुनिक चराहरू बीचको सम्बन्धको बारेमा अझ बढी जानकारी अनुसन्धानकर्ताहरूलाई दिने मानिएको छ।
चल्ला पार्नुअघि चरा बस्ने जस्तो अवस्थामा भ्रूण रहेको जीवाश्ममा देखिएको छ।
''यसले के कुराको सङ्केत गर्छ भने आधुनिक चराहरूमा यस्तो व्यवहार उनीहरूका डाइनसोर पुर्खाहरूबाट विकसित अनि उत्पत्ति भएको हो,'' डा. माले समाचारसंस्था एएफपीलाई भनिन्।
अनुसन्धान टोलीको सदस्य रहेका प्राध्यापक स्टिभ ब्रुसाटीले ट्विट गर्दै यो आफूले देखेको "सबैभन्दा आश्चर्यजनक डाइनसोर जीवाश्ममध्ये एक" रहेको र भ्रूणबाट जीव निस्कने क्रममा रहेको उल्लेख गरेका छन्।
टाउकोदेखि पुच्छरसम्म नाप लिँदा बेबी यीङगलियाङ्ग २७ सेन्टिमिटर लामो रहेको छ।
सो भ्रूण चीनस्थित यीङगलियाङ्ग स्टोन नेचर हिस्ट्री म्युजियममा रहेको ६.७ इन्च लामो अण्डामा पाइएको हो।