नोर्दर्न ह्वाइट गैँडाः जम्मा दुईवटा पोथी बाँकी भएको दुर्लभ जातको अफ्रिकी गैँडामध्ये एकलाई प्रजनन योजनाबाट बिदा

केन्यामा नोर्दर्न ह्वाइट प्रजातिको पोथी गैँडा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, संसारमा अहिले नोर्दर्न ह्वाइट जानका दुईवटा गैँडा मात्र बाँकी छन्

लोपोन्मुख नोर्दर्न ह्वाइट प्रजातिको गैँडाको वंशवृद्धि गर्न सकिन्छ कि भन्ने प्रयासमा प्रजननका लागि प्रयोग गरिँदै आएका दुईमध्ये एक गैँडालाई वैज्ञानिकहरूले आफ्नो कार्ययोजनाबाट बिदा दिएका छन्।

अहिले विश्वमा उक्त जातका जम्मा दुईवटा गैँडा मात्र बाँकी छन्। तीमध्येकी ३२ वर्षे नाजिन नामक गैँडाबाट डिम्ब सङ्कलन गर्ने काम रोक्ने निर्णय गरिएको हो।

उसको उमेर र अन्य कारणलाई दृष्टिगत गर्दै "नैतिक जोखिम आकलन" गरेर त्यस्तो निर्णय गरिएको बताइएको छ।

नाजिन र उसकी छोरी फाटु दुवै गर्भधारण गर्न सक्ने अवस्थामा छैनन्।

उक्त प्रजातिको अन्तिम भाले गैँडाको सन् २०१८ मा मृत्यु भएको थियो।

तर उसबाट वीर्य सङ्लकन गरिएको थियो र कृत्रिम विधिबाट डिम्ब निषेचन गर्न उसको शुक्रकीट प्रयोग गरिँदै आएको छ।

पशुचिकित्सकहरूको टोलीले पोथी गैँडाको शरीरबाट डिम्ब निकाल्छन्। त्यसका लागि धेरै वर्ष लगाएर गरिएको अनुसन्धानका आधारमा विकसित प्रविधि प्रयोग गरिन्छ।

त्यसरी सङ्कलन गरिएको डिम्ब इटलीस्थित एउटा प्रयोगशालामा पठाइन्छ जहाँ सोही प्रजातिका दुईवटा भाले गैँडाबाट सङ्कलित शुक्रकीट प्रयोग गरेर इन भिट्रो फर्टिलाइजेशन अर्थात् कृत्रिम निषेचन गरिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्लभ गैँडाको सुरक्षामा कुकुर

अहिलेसम्म प्रयोगशालामा नोर्दर्न ह्वाइट गैँडाका १२ वटा भ्रूण बनाइसकिएको छ।

वैज्ञानिकहरूले ती भ्रूणलाई छानिएका सदर्न ह्वाइट जातका केही पोथी गैँडाको गर्भमा प्रत्यारोपण गरिदिने योजना बनाएका छन्।

उक्त योजनाको नेतृत्व गरिरहेको बायोरेस्क्यू नामक वैज्ञानिक समूहका अनुसार नाजिनबाट थप डिम्ब सङ्कलन नगर्ने निर्णय गर्नुअघि विभिन्न जोखिम आकलन गरिएको थियो।

"पशुकल्याणको सरोकारका कारण संरक्षण कार्यक्रमबाट कुनै जीवलाई बिदा दिने कुरा लामो समयसम्म सोच्ने विषय नै हैन... तर जब त्यो जीव कुल सङ्ख्याको आधा हुन्छ त्यसबारे तपाईँले धेरै पटक सोच्नुपर्छ," प्रमुख पशुचिकित्सकद्वय फ्राङ्क गोरिट्च र स्टीभन एन्गुलुले भने।

उमेर बढेसँगै अल्ट्रासाउन्ड विधिबाट गरिएको परीक्षणमा नाजिनको पाठेघर र पाठेघरको मुखमा ससाना ट्यूमर तथा देब्रे डिम्बाशयमा सिस्ट देखियो।

तर बायोरेस्क्यूले नाजिनलाई अन्य काममा प्रयोग गरिने जनाएको छ। त्यसमा स्टेम सेल अनुसन्धानका लागि तन्तुका नमुना उपलब्ध गराउने काम पनि पर्छ।

उक्त समूहले नाजिनले आफूसँग भएको "सामाजिक ज्ञान र बानीबेहोरा" भावी सन्ततिलाई सिकाउन सक्ने अपेक्षा गरेको छ।

प्राकृतिक वासस्थान मासिएको र चोरीसिकारीका कारण नोर्दर्न ह्वाइट गैँडा लोप हुने सँघारमा पुगेको हो।

नाजिनको जन्म चेकोस्लोभाकियाको एउटा चिडियाखानामा भएको थियो।

पछि उसलाई केन्यास्थित एउटा वन्यजन्तु आरक्षमा ल्याइयो। त्यहाँ उसलाई सशस्त्र सुरक्षा दिएर राखिएको छ।

Northern white rhinos in Kenya
Getty
सेतो गैँडा

नोर्दर्न ह्वाइट र सदर्न ह्वाइट गरी दुई उपजाति अस्तित्वमा छन्

  • नोर्दर्न ह्वाइटकाजम्मा दुइटा गैँडा जीवित, केन्यामा सशस्त्र सुरक्षा दिएर राखिएको छ

  • सदर्न ह्वाइटकाझन्डै २० हजार वटा गैँडा जीवित, प्रायः दक्षिणी अफ्रिकामा पाइन्छ

  • फरक नोर्दर्न उपजाति अलिक सानो हुन्छ र तिनमा सदर्न उपजातिभन्दा कम भुत्ला हुन्छ

  • सिकारएशियामा प्रयोग हुने परम्परागत औषधिका लागि खाग निकाल्न

  • गैँडाको खाग केरटिन नामक प्रोटीनले बनेको हुन्छ, सोही तत्त्वले नङ पनि बन्छ

स्रोतः विविध
Presentational white space