मनसुन सकिन एक महिना अगावै भयो मनसुनभरको वर्षा, कहिले रोकिएला झरी

मध्य र पश्चिम तराईमा धेरै क्षति पुर्‍याइरहेको अविरल वर्षा सोमवारबाट कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो तीन दिन नवलपरासी रुपन्देही र कपिलवस्तु लगायतका क्षेत्रमा यो वर्षकै उच्च वर्षा मापन गरिएको थियो।

मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कार्यालयका अनुसार मङ्गलवार सम्म वर्षा जारी रहने सम्भावना छ।

तर सोमवारबाट वर्षाको मात्रा घट्दै जाने र मङ्गलवार अझै कम प्रभाव देखिने कार्यालयको अनुमान छ।

अत्यधिक वर्षाका कारण कञ्चनपुरदेखि झापासम्म तराई मधेसका कतिपय स्थान डुबानमा परेका छन्।

शुक्रवारयता जारी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको कैलालीदेखि पूर्वको झापासम्म तराई मधेसका क्षेत्रहरूमा डुबान र बाढीको समस्या देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। खोटाङ, सिन्धुली, पाल्पा, गुल्मी, बैतडी लगायतका चुरे तथा पहाडी क्षेत्रहरूमा पनि बाढी र पहिरोको समस्या देखिएको छ।

नेपालमा वर्षभरि हुने वर्षाको झन्डै आधा जसो पानी देशका कतिपय स्थानमा पछिल्लो तीन दिनमै परेको अधिकारीहरूले बताएका छन्।

'तीन दिनमै वर्षभरिको करिब-करिब आधा पानी'

कपिलवस्तु र नवलपरासीका मापन केन्द्रहरूले गत शुक्रवार ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन गरेका थिए। नवलपरासी पूर्वको बतास मापन केन्द्रमा तीन दिनमा ५१४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जु वैद्यले जानकारी दिए।

सो क्षेत्रमा वार्षिक औसत वर्षा नै १२०० देखि १४०० मिलिमिटर हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन्।

"तीन दिनमै वर्षभरिको करिब करिब आधा पानी परेको अवस्था छ। अत्यधिक वर्षाका कारण पानीले स्वाभाविक रूपमा निकास नपाएर नवलपरासी रुपन्देही र कपिलवस्तु क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ," उनले भने।

जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीको वतास मापन केन्द्रले शुक्रवार एकै दिन ४३४ मिलिमिटर वर्षा मापन गरेको थियो।

पछिल्लो तीन दिन यता जारी वर्षा नवलपरासी लुम्बिनी र कपिलवस्तु क्षेत्रमा केन्द्रित रहेको विभागले जनाएको छ।

त्यसबाहेक सिन्धुली, महोत्तरी पूर्वको झापा, पश्चिमको दाङ र सुदूर पश्चिमको कैलाली क्षेत्रमा पनि औसतभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।

'एक महिना अघि नै मनसुनभरको पानी परिसक्यो'

जल तथा मौसम विभागकी मौसमविद् इन्दिरा कँडेलका अनुसार मध्य असोज महिनासम्म सक्रिय रहने मनसुनभर पर्ने पानी यो महिना भदौ १५ अघि अधिकांश ठाउँमा परिसकेको छ।

"हामीले यो वर्ष अघिल्ला वर्षहरूमा भन्दा धेरै पानी पर्ने अनुमान गरेको हो। मनसुन सकिन अझै एक महिना बाँकी छ तर मनसुनभरि हुने हुने औसत वर्षा भन्दा धेरै पानी देशका अधिकांश ठाउँहरूमा अहिलेनै परिसकेको छ," मौसमविद् कँडेलले बीबीसीसँग भनिन्।

उदाहरणका लागि भैरहवामा औसत १,३०० मिलिमिटर वर्षा हुने गरेकोमा १,७०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। यो मापन केन्द्रले साधारणभन्दा ३० प्रतिशत बढी वर्षा अहिले नै भइसकेको देखाएको छ। दिपायल, पोखरा, सिमरा, काठमाण्डू, जनकपुर र विराटनगरका मापन केन्द्रहरूमा पनि मनसुन भरिको भन्दा धेरै पानी परिसकेको छ। धनकुटा, दाङ र नेपालगन्ज केन्द्रहरूले मात्र यो वर्ष औसतभन्दा कम वर्षा मापन गरेका छन्।

लगातार वर्षाले राजमार्गहरू अवरुद्ध

लगातारको वर्षा र बाढीका कारण नेपालका मुख्य राजमार्गहरू समेत पटक पटक अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।

हेटौँडाबाट काठमाडू उपत्यका प्रवेश गर्ने क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने र हटाउने कार्य भइरहेको बताइएको छ। त्यस्तै नारायणगढ मुग्लिन सडक खण्ड समेत धेरै ठाउँमा एकतर्फी सञ्चालन भइरहेको छ।

"पूर्व पश्चिम राजमार्ग नवलपरासीका विभिन्न ठाउँमा अवरोध भएको र वैकल्पिक मार्गहरू बनाउने काम भइरहेको सूचना हामीलाई आएको छ," गृह मन्त्रालयकी सहसचिव पाण्डेले भनिन्।

पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अवरुद्ध भएको छ भने गुल्मी-रिडी सडकमा समेत यातायात सञ्चालन प्रभावित भएको छ। खोटाङ प्रवेश गर्ने मध्य पहाडी राजमार्ग समेत पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।

९४ जनाको मृत्यु ४४ बेपत्ता

गृह मन्त्रालयका अनुसार जेठ ३१ बाट नेपालमा मनसुन सक्रिय भएयता बाढी पहिरो र डुबान जस्ता मौसमजन्य प्रकोपबाट ९४ जनाको मृत्यु भइसकेको छ भने अझै ४४ जना बेपत्ता छन्।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले यो वर्षको मनसुनमा १०० बढी घाइते भइसकेको जानकारी दिइन्।

पछिल्लो तीन दिनयताको बाढी पहिरो र डुबानमा मात्रै आइतबार मध्यान्हसम्म ८ जनाले ज्यान गुमाइसकेको गृह मन्त्रालयको तथ्याङ्कमा छ।

मौसमजन्य प्रकोपका कारण ६००० बढीलाई स्थानातरण र करिब ८०० जनलाई उद्धार गरिसकिएको मन्त्रालयले जनाएको छ।

यो वर्षको बर्खाले ७९० भन्दा बढी घरहरूमा क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले विस्थापित परिवारलाई अस्थायी आवासका लागि तत्काल ५० हजार रुपैँया र घर बनाउन थप ३ लाख रुपैँया राहत उपलब्ध गराउने बताएको छ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोका कारण २९ वटा मोटरेवल पुल २९ वटै झोलुङ्गे पुल र २५ जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण छ।

मध्य र पश्चिम तराईमा धेरै क्षति पुर्‍याइरहेको अविरल वर्षा सोमवारबाट कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो तीन दिन नवलपरासी रुपन्देही र कपिलवस्तु लगायतका क्षेत्रमा यो वर्षकै उच्च वर्षा मापन गरिएको थियो।

मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कार्यालयका अनुसार मङ्गलवार सम्म वर्षा जारी रहने सम्भावना छ।

तर सोमवारबाट वर्षाको मात्रा घट्दै जाने र मङ्गलवार अझै कम प्रभाव देखिने कार्यालयको अनुमान छ।

अत्यधिक वर्षाका कारण कञ्चनपुरदेखि झापासम्म तराई मधेसका कतिपय स्थान डुबानमा परेका छन्।

शुक्रवारयता जारी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको कैलालीदेखि पूर्वको झापासम्म तराई मधेसका क्षेत्रहरूमा डुबान र बाढीको समस्या देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। खोटाङ, सिन्धुली, पाल्पा, गुल्मी, बैतडी लगायतका चुरे तथा पहाडी क्षेत्रहरूमा पनि बाढी र पहिरोको समस्या देखिएको छ।

नेपालमा वर्षभरि हुने वर्षाको झन्डै आधा जसो पानी देशका कतिपय स्थानमा पछिल्लो तीन दिनमै परेको अधिकारीहरूले बताएका छन्।

'तीन दिनमै वर्षभरिको करिब-करिब आधा पानी'

कपिलवस्तु र नवलपरासीका मापन केन्द्रहरूले गत शुक्रवार ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन गरेका थिए। नवलपरासी पूर्वको बतास मापन केन्द्रमा तीन दिनमा ५१४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जु वैद्यले जानकारी दिए।

सो क्षेत्रमा वार्षिक औसत वर्षा नै १२०० देखि १४०० मिलिमिटर हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन्।

"तीन दिनमै वर्षभरिको करिब करिब आधा पानी परेको अवस्था छ। अत्यधिक वर्षाका कारण पानीले स्वाभाविक रूपमा निकास नपाएर नवलपरासी रुपन्देही र कपिलवस्तु क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ," उनले भने।

जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीको वतास मापन केन्द्रले शुक्रवार एकै दिन ४३४ मिलिमिटर वर्षा मापन गरेको थियो।

पछिल्लो तीन दिन यता जारी वर्षा नवलपरासी लुम्बिनी र कपिलवस्तु क्षेत्रमा केन्द्रित रहेको विभागले जनाएको छ।

त्यसबाहेक सिन्धुली, महोत्तरी पूर्वको झापा, पश्चिमको दाङ र सुदूर पश्चिमको कैलाली क्षेत्रमा पनि औसतभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।

'एक महिना अघि नै मनसुनभरको पानी परिसक्यो'

जल तथा मौसम विभागकी मौसमविद् इन्दिरा कँडेलका अनुसार मध्य असोज महिनासम्म सक्रिय रहने मनसुनभर पर्ने पानी यो महिना भदौ १५ अघि अधिकांश ठाउँमा परिसकेको छ।

"हामीले यो वर्ष अघिल्ला वर्षहरूमा भन्दा धेरै पानी पर्ने अनुमान गरेको हो। मनसुन सकिन अझै एक महिना बाँकी छ तर मनसुनभरि हुने हुने औसत वर्षा भन्दा धेरै पानी देशका अधिकांश ठाउँहरूमा अहिलेनै परिसकेको छ," मौसमविद् कँडेलले बीबीसीसँग भनिन्।

उदाहरणका लागि भैरहवामा औसत १,३०० मिलिमिटर वर्षा हुने गरेकोमा १,७०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। यो मापन केन्द्रले साधारणभन्दा ३० प्रतिशत वर्षा अहिले नै भइसकेको देखाएको छ। दिपायल, पोखरा, सिमरा, काठमाण्डू, जनकपुर र विराटनगरका मापन केन्द्रहरूमा पनि मनसुन भरिको भन्दा धेरै पानी परिसकेको छ। धनकुटा, दाङ र नेपालगन्ज केन्द्रहरूले मात्र यो वर्ष औसतभन्दा कम वर्षा मापन गरेका छन्।