तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खग्रास चन्द्रग्रहणः विश्वभरि विभिन्न स्थानबाट यस्तो देखियो
एउटा दुर्लभ खगोलीय घटनामा 'सुपर ब्लड मून' भनिने अवस्थाको चन्द्रमालाई सुन्तला र रातो मिश्रित रङ्गमा देखिएको छ।
बुधवार राति संसारका केही स्थानबाट पृथ्वी, चन्द्रमा र सूर्य एउटै सीधा रेखामा आइपुगेको बेलामा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई पूरै ढाकिदियो। खग्रास चन्द्रग्रहण भएको त्यो अवस्थामा चन्द्रमा त्यो रूपमा देखिन्छ।
सन् २०१९ यताको यो पहिलो खग्रास चन्द्रग्रहण चन्द्रमा पृथ्वीभन्दा सबैभन्दा निकट रहेको बेलामा भएको छ। यसलाई खगोलशास्त्रीहरूले एक दशकमा एक पटक हुने घटना भनेका छन्।
विश्वभरि फोटोग्राफरहरूले यो खग्रास चन्द्रग्रहणका सुन्दर तस्बिरहरू खिचेका छन्।
बुधवार जीएमटी ११:११ देखि ११:२५ को बीचमा चन्द्रमा पूर्ण रूपमा पृथ्वीको छायामा थियो।
सबै तस्बिरमा उल्लेख गरिएअनुसार सर्वाधिकार सुरक्षित छ।